बेलौरी

कंचनपुरको पुनर्वास प्रहरीको तुलनामा ईलाका प्रहरी कार्यालय बेलौरी प्रहरीले लागुऔषध नियन्त्रणमा चमत्कार देखाएको
छ । बेलौरीमा प्रहरी निरीक्षक कमल कुमार खड्काको उपस्थितिसंगै कंचनपुरको बेलौरी क्षेत्रमा लागुऔषध लगायतका तस्करी नियन्त्रणमा चमत्कार देखिएको हो ।

लागुऔषध लगायतका अन्य गलत गतिबिधी नियन्त्रण गर्ने हेक्काका साथ बेलौरीमा उपस्थित भएका प्रहरी निरीक्षक खड्का ६ महिनामा २२ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कार्वाही गर्न सफल भएका थिए । सो क्रम जारी रहिरहदा पुनः शुक्रवार बेलौरी प्रहरीले लागू औषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका १० झलारी बस्ने बर्ष २१ को प्रकाश ठगुन्ना र शुक्लाफाँटा ७ का २३ वर्षिय राम चन्द्र भाट रहेको प्रहरी निरीक्षक खडकाले बताए । प्रदेश नम्बर ७ म.१ प.५८९६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई शंकाको आधारमा चेकजाँच गर्दा लालझाडी गाउँ पालिका ६ स्थित चानदेवबाट नियन्त्रणमा लिएको बताए ।

नियन्त्रणमा लिएका उनिहरुबाट प्रेगास्टर नामक १४ ट्याब्लेट , ८७ ट्याबलेट कफट्याब–डि, १० ट्याबलेट नाईट्रोभेट, २ दशमलव ०२० ग्राम खैरो धुलो पदार्थ, ३ दशमलव ५ आना चरेश जस्तो देखिने कालो पदार्थ र मोटरसाइकल पनि बरामद गरिएको उनले बताए। त्यस्तै केही दिन अघि पनि विशेष सूचनाका आधारमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा सिमा क्षेत्रमा भारतीय तस्करले नेपाल प्रहरी माथी गोली समेत चलाएका थिए । तस्करबाट गोली चलेपछी प्रहरीको जवाफी गोली चलाउदा एक भारतीय तस्करको मृत्युु भएको थियो भने सोही क्रममा नेपाल प्रहरीका एक जवान घाईते हुन पुगेका थिए ।
