नाट्टा सुदूरपश्चिम प्रदेशको सातौँ साधारण सभा सम्पन्न, पाँच जना सम्मानीत


महेन्द्रनगर

नाट्टा सुदूरपश्चिम प्रदेश संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुरमा एक कार्यक्रमकाबिच वार्षिक सभा सम्पन्न भएको हो । संघका अध्यक्ष माष्या प्रशाश भट्टको अध्यक्षमा भएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदक्त जोशीको प्रमुअ आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रम सुदूरपश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष केशर बहादुर साउँद, कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमाल लगायतको उपस्थिती रहेको थियो ।

टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नाट्टाको साधारण सभामा पाँच जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेमा कञ्चनपुरका पत्रकार एंव आर्थिक अभियान दैनिकमा जिल्ला संवाददाता मदन गिरी, टिभि टुडेका प्रवन्ध निर्देशक जनकराज पन्त, दिनेश एफएमका पत्रकार नारायण अवस्थी, नेपाल टेलिभिजनकी पत्रकार निर्मला खडायत र संघका सचिव शिवहरी पाण्डे रहेका छन् । उनिहरुलाई आर्थिक र समसामयिक विषयका विभिन्न विषयवस्तुलाई स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट उठान गरि आर्थिक तथा पर्यटन विकासमा योगदान गरेको भन्दैँ संघले सम्मान गरेको हो ।


ताजा समाचार

spot_img