कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रमा एक पछि अर्को सफलता हात पार्न सफल मनकामना युवा क्लबले आफ्नो साधारणसभा तथा अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ।
मनकामना युवा क्लब धनगढी -१२ जुगेडामा फागुन ४ गते बसेको कार्यसमितिको बैठकले बर्तमान कार्यसमितीको समय अवधी सकिएको हुँदा भोलि फाल्गुन २९ गते अधिवेशनको लागि तयारि पूरा भएको क्लबका अध्यक्ष डबल बहादुर थापाले बताउनु भएको छ।
उनका अनुसार साधारणसभा तथा अधिवेशन भोलि सनिवार एक विशेष कार्यक्रमका साथ बिहान ८ बजे क्लबको आफनै प्राङ्गणमा धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वड को प्रमुख अतिथीमा २० औ साधारण सभा तथा अधिबेशन गर्ने तयारी पूरा भएको छ।
यसरी क्लबमा आवद्ध सम्पूर्ण साधारण सदस्य, सल्लाहकार ,समाजसेबी , क्लबप्रती आस्थावान सहयोगी महानुभावहरु, पुर्ब कार्यसमिती प्रतिनिधि सम्पुर्णमा आफ्नो सदस्यता नवीकरण तथा नया सदस्यता लगायतका सम्पुर्ण कार्य पूरा भए संगै साधारणसभा भब्य हुने छ।







