महेन्द्रनगर
लैङ्गिक समानता अन्र्तगत घरयसी कार्यमा पुरुषको सहभागीता फोटो प्रतियोगितामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ की रामवती बढायक प्रथम भईन् । रामवती श्रीमानसँगै ज्यालामजदुरीको काम गर्छिन् । घरायसी कार्यमा उनका श्रीमानले रामवतीलाई सघाउछन् । रामवतीको त्यही फोटो सामाजिक सञ्जालमा अत्यधिक लाईक र कमेन्ट पाएर उत्कृष्ट बन्यो ।
निड्स नेपालले ‘स्वच्छताका लागि व्यवहार परिर्वतन गरियोजना’ अन्र्तगत महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको अवसरमा फोटो प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा घरसायी कार्यमा महिला पुरुषको समान सहभागीता झल्कीने फोटो पठाउन सहभागीलाई भनिएको थियो । सहभागीले पठाएको फोटोलाई निड्स नेपालको अफिसियल फेसबुक पेजमार्फत प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताका उत्कृष्ट तीन जनालाई पुरस्कार स्वरुप दिईएको पानी फिल्टर र प्रेसर कुकरले घरायसी काममा सहज भएको छ । ‘हामीलाई प्रेसर कुकर र पानी फिल्टर दिएको थियो ।’ रामवतीले भनिन् ‘पैसा दिएको भए खर्च भईसक्थ्यो होला । प्रेसर कुकरले भात पकाउन र फिल्टर पानी सफा गर्न सहज भएको छ, यसले समयको पनि बचत हुन्छ ।’ पुरस्कारमा पाएको सामाग्रीले घरायसी कामलाई सहज बनाएको उनको भनाई छ ।

त्यस्तै प्रतियोगितामा द्धितिय भएका भीमदत्त–१३ गणेश सुनारले पनि पुरस्कृत सामाग्रीले घरायसी काममा सजिलो भएको बताए । उनका अनुसार प्रेसर कुकरले छोटो समयमै भात पकाउन र फिल्टर शुद्ध पानी पिउनका लागि राहत मिलेको छ ।
पुरस्कारमा पाएको सामानले आफुलाई घरायसी काममा सहज बनाएको र समयको समेत बचत गराएको भीमदत्त नगरपालिका–१० का महानी शार्कीले बताए । उनले प्रतियोगितामा तृतिय भएर प्रेसर कुकर र पानी फिल्टर प्राप्त गरेका थिए । अक्सफामसँगको साझेदारीमा सञ्चालित उक्त परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडामा सञ्चालन गरिएको छ । परियोजनामार्फत स्वस्थ्य सामाग्री वितरण, लैङ्गीक तथा आमा सचेतना लगायतका अन्य जनचेतनामुलक कार्यक्रम गरिदैँ आएका छन् ।







