पुनर्वासको गौरीशंकर माविमा निर्वाचन सम्पन्न ,लक्ष्मण कामी लगायतका चार सदस्य विजयी

पुनर्वास

पुनर्वास नगरपालिका–५ स्थित गौरी शंकर माध्यामिक बिद्यालयको व्यवस्थापन समितिको निर्वाचन बुधबार सम्पन्न भएको छ । निर्वाचनमा सदस्य पदका लागि ८ जनाको उम्मेदवारी रहेको मध्ये ४ जना सदस्य विजयी भएको निर्वाचन अधिकृत तथा विद्यालय निरीक्षक शिवराज भट्टले जानकारी दिए ।

विजयी हुनेमा साईकल चिन्हका सदस्य उम्मेदवार सागर लुहार ,कुर्सी चिन्हका सद्स्य उम्मेदवार लक्ष्मण कामी,लालटिन चिन्हका उम्मेदवार सीता तिवारी र परेवा चिन्हका दलित महिला सदस्य कलावती वड रहेको निर्वाचन अधिकृत भट्टले बताए ।

३ सय ९८ जना मतदाता रहेको सो बिधालयमा जम्मा ३ सय ३५ मत खसेको थियो भने जस मध्ये ६७ मत बदर भएको थियो । कडा सुरक्षा व्यवस्थाका साथ बिहान १० बजेदेखि विद्यालय प्राङ्गणमा सुरु भएको मतदान दिउँसो साढे २ बजे सम्म सञ्चालन भएको थियो भने साँझ साढे ६ बजे मत गणना सकिएको थियो ।

ताजा समाचार