दोधारा चाँदनीमा राप्रपाको वडा कमिटी गठन, राप्रपानै देशको भविष्य रहेकोमा जोड


दोधारा
राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिले वडा–वडामा वडा कमिटि गठन कार्यलाई अघि बढाएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिले एक भेलाले आयोजना गरि दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा वडा कमिटि गठन
गरेको छ् । भेलाले अशोक बहादुर सिंहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिका सह–सचिव रुद्र बहादुर दर्लामीले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिका अध्यक्ष बिर बहादुर शाहको अध्यक्षतामा दोधारा चाँदनी नगरपालिका वडा नं. १ को एक भेलाले उपाध्यक्षमा बिन्दु मोर, हरिश चन्द्र भट्ट, कलावती नाथ, सचिवमा देवराज पन्त, कोषाध्यक्षमा गजेन्द्र चन्द, सह–सचिवमा जयमती ठगुन्ना लगाएत २१ जना वडामा कमिट चयन गरेको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिका सह–सचिव रुद्र बहादुर दर्लामीले दोधारा चाँदनी नगरपालिकाका सबै वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कमिटि गठन कार्य सम्पन्न भएको जनाएका छन् ।

नयाँ कार्य समितिलाई शुभकामना दिदै सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेमा कार्यक्रममा जोड दिएका छन् । पार्टीलाई जरै देखि बलियो बनाउन वडा कमिटीले महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रममा नगर कमिटिले विश्वास राखेको छ् । कांग्रेस र कम्युनिष्टको सरकार देश टुक्राउने काम गरिरहेकोमा दुःख व्यक्त गर्दै जनता उनीहरुको प्रलोभनमा पर्दा देशको एकता, शान्ति, धर्म संस्कृतिमा बाहिरी चलखेल बढेको नगर कमिटि सह–सचिव दर्लामीले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीनै देशको भविष्य रहेको कार्यक्रममा जोड दिईएको उनको भनाई छ् । जनआन्दोलनको नाममा जनतालाई झुक्काउने काम भएकोमा दाबी गर्दै सबैले राप्रपानै अहिलेको माँग र देशको भविष्य रहेकोमा जोड दिएका थिए ।


ताजा समाचार

spot_img