नगर प्रमुखले माल्यार्पण गर्दै मनाईयो शहिद गोबिन्द गौतमका चौथो स्मिृति दिवस

पुनर्वास

नेपाली भुमी रक्षाका लागि भारतीय ज्यादतीका विरुद्ध आफ्नो ज्यानको आहुती दिनुभएका सहिद गोबिन्द गौतमको चौथो स्मृति दिवस मनाईएको छ । बुधबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्दै चौथो स्मृति दिवस मनाईएको हो । माल्यार्पण गर्नुहुँदै नगर प्रमुख थापाले नेपाली भुमी रक्षाको लागि आफ्नो ज्यानको आहुती दिएका शहिद गौतमले नेपालीहरुलाई आफ्नो सिमा रक्षा कसरी जोगाउनुपर्छ भन्ने ज्ञान दिनुभएको बताउनुभयो ।

No description available.

उहाँले राष्ट्रले नै सम्मान गरेको शहिद गौतमलाई नगरपालिकाले पनि बार्षिक रुपमा उहाँकी छोरीहरुलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । “हिजोका दिनमा भारतको रानी नगरमा सिमा पिल्लर देखेका थियौं” नगर प्रमुख थापाले भन्नुभयो “अहिले भारतले नेपाली पुर्जा भएको जमिन पनि कब्जा गरेको छ ।” शहिदलाई सम्झिदै नगर प्रमुख थापाले उहाँको परिवारलाई नगरपालिकाबाट सक्ने सहयोगहरु निरन्तर गर्ने र नगरपालिकाले सो उद्यान निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । शालिकमा माल्यार्पण पछि मौन धारण गर्दै शहिद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला र नगद सहित सम्मान गर्नुभएको थियो ।

No description available.

माल्यार्पण कार्यक्रममा पुनर्वास–४ का वडाध्यक्ष प्रेम बस्नेत,पुनर्वास–३ का वडाध्यक्ष कृष्ण तामाङ ,नेकपा एमाले नगर संयोजक स्थिर प्रसाद घिमिरे, नेपाली काग्रेसका नगर सभापति यमप्रसाद पौडेल,समाजसेवी ज्योतिश्वर अर्याल, नेपाली काँग्रेशका वडा सभापति चन्द्रमणी गैरे, कार्यपालिका सदस्य विष्णु सिग्देल, समाज सेवी पार्वती हमाल, शसस्त्र प्रहरीका निरिक्षक निमबहादुर भण्डारी, सशस्त्रकै नायव निरिक्षक गंगा बोगटी लगायतका अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

No description available.

उहाँहरुले पनि शहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । २०७३ फागुन २६ गते भारतीय ज्यादतीका विरुद्ध लडिरहदा एसएसबीको गोली लागि सहादत प्राप्त गरेका सहिद गौतमको स्मृति पार्क प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो ।

ताजा समाचार