मनकामना युवा क्लवको सहकार्यमा जेष्ठ नागरीकलाई फलफुल वितरण


कञ्चनपुर,

सुदूरपश्चिम प्रदेशको ख्याती प्राप्त क्लव, मनकामना युवा क्लवको सहकार्यमा जेष्ठ नागरीकलाई फलफुल तथा मिनिरल वाटर वितरण गरीएको छ ।

सोमबार र मंगलबार धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थीत रहेको शहरी स्वास्थ्य केन्द्रमा “कोभिड–१९” विरुद्धको खोप लगाउन आउने २ सय ८० जना जेष्ठ नागरिकलाई क्लवको सहकार्यमा फलफुल र मिनिरल वाटर वितरण गरीएको हो । सोमबार १११ औँ अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा क्लवका महिला खेलाडीहरुको सहयोग तथा क्लवको समन्वयमा फलफुल र मिनिरल वाटर वितरण गरिएको क्लवका अध्यक्ष डवल बहादुर थापाले बताए । त्यसैगरी मंगलबार पनि बुवा आमाको ५० औँ विवाह उत्सवको सु अवसरमा मनकामना युवा क्लबको सहकार्यमा कोभिड-१९ भ्याक्सिन लगाउन आउने ज्येष्ठ नागरिकलाई जुगेडा वडा नं १२ निवासी दम्पतीद्वय कृष्ण भण्डारी र उहाँकी श्रीमती अन्जली सुवेदीले खाजा वितरण गर्नु भएको हो।

सुदूरपश्चिम प्रदेशको खेलकुद विकाशमा महत्वपूर्ण भुमिका खेल्दै आएको क्लव समाजिक उत्तरदायित्व बहन समेत गरिरहेको छ । जसमा जुगेडामा गाउँघर सरसफाइ अभियान लाई समेत अगाडि बढाएको छ।


ताजा समाचार

spot_img