कञ्चनपुर

बालचित्र डायरीमा नेपाल प्रथम भएकी सुदूरपश्चिम कञ्चनपुरकी छात्रा मनिसा गुधार्मीलाई पुरस्कार वितरण गरिएको छ । यूनेस्को जापान मित्सुबिसी बालबालिका ईन्फिफेस्टाले आयोजना गरेको अन्र्तराष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा सहभागि भएकी भीमदत्त नगरपालिका ३ तिलकपुर बैजनाथ माध्यामिक विद्यालयकी छात्रा मनिसालाई पुरस्कार प्रदान गरिएको हो ।

यस अघि नै छनौट भएकी मनिसालाई सोमबार एक कार्यक्रमका विच विद्यालयमै पुरस्कार हस्तान्तरण गरिएको छ । नेपाल स्थित यूनेस्को आयोगका उपमहासचिव डा. बाबुराम अधिकारी, सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले पुरस्कार हस्तान्तण गरेका छन । यूनेस्को आयोगका उपमहासचिव डा. बाबुराम अधिकारीले बालबालिकाको प्रतिभा पहिचानका लागि नेपाल सहित ४२ देशका बालबालिकाविच प्रतिस्पर्धा भएको बताए । ‘नेपालबाट १३ सय बालबालिकाले बालचित्र डायरीमा सहभागिता जनाएका थिए, ‘यूनेस्को उप महासचिव अधिकारीले भने, ‘जसमध्ये ८ बालचित्र छनौट गरेर जापान पठाएका थिए, मनिसा प्रथम भईन् ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धर सहितका बरिष्ठ चित्रकाले छनौट गरेका ८ मध्ये कञ्चनपुरकी भीमदत्त नगरपालिका ३ तिलकपुरकी छात्रा मनिसाको चित्र उत्कृष्ठ प्रथम स्थान हासिल गरेको थियो ।

‘मनिसाले यही हो, मेरो जिवन’ नामक शिर्षक दिएर चित्र कोरेकी थिईन, ‘उनले भने, ‘चित्रकारको आँखाले उनकै चित्रलाई उत्कृष्ठ सुचिमा राख्यो, तसर्थ उनी नेपालका लागि प्रथम भईन ।’ बालचित्र डायरीमा प्रथम भएकी मनिसाले प्रमाण पत्र सहित २ लाख अमेरिकी डलर पुरस्कार पाएकी छिन । अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गर्दा २५ प्रतिशत कर तिरेर बाँकी बचेको एक लाख ४ हजार ५६० रुपैँया मनिसाले पाएकी छिन । भने, विद्यालयमा मनिसाकै नामबाट मसिना गुधार्मी आर्टकर्नर निर्माणका लागि ९२ हजार ९ सय ६० रुपँैया प्रदान गरिएकोछ । ‘मनिसाले व्यक्तिगत पाएको पुरस्कार उसकै हुन्छ, ‘यूनेस्को आयोग नेपालका उपमहासचिव अधिकारीले भने, ‘मनिसाको नामबाट आर्टकर्नर निर्माण गरेर तीन महिनापछि जापानको टिम नेपाल आउनेछ ।’ मनिसाले आफुजस्तै बालचित्रकला सिकाउनका लागि छुट्टै कक्षाकोठाको प्रबन्ध गरिएको छ ।
मनिसालाई पुर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले पुरस्कार हस्तान्तरण गर्दै मनिसाको कलाको उच्च सम्मान गर्ने बताए । ‘गाँउमा पनि हामीसंग राष्ट्रिय प्रतिभा लुकेर बसेका छन, ‘उनले भने, ‘जब अवसर आउँछ, तब ग्रामिण भेगका प्रतिभा उजाकर हुन्छन ।’ बैजनाथ माध्यामिक विद्यालय प्रध्यानाध्यापक मदन बहादुर विष्टले विद्यालयमा सानैदेखि मनिसाले चित्र कोर्नमा सिपालु भएको बताए । ‘मनिसा अध्ययनमा पनि राम्री छिन, ‘उनले भने, ‘आज मेहनतको फल पाईन, उनले केबल विद्यालय जिल्ला, प्रदेशकै नाम मात्र होईन अन्र्तराष्ट्रिय स्तरमा समेत नाम राखिन ।’ प्रअ विष्टले मनिसाकै मेहनत लगावको अन्य विद्यालयले समेत अनुसरण गरेर अध्ययनमा जोडदिएका छन । १२ बर्षिया मनिसा बैजनाथ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन ।
विद्यालय भन्दा झण्डै डेढ किलोमिटर दक्षिणमा घर भएकी मनिसा मध्यमवर्गकी हुन । उनी कुनै शक्तिशाली पहुँच भएका व्यक्तिकी छोरी होईन, संयोग देशभर अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेकै दिन उनलाई बालप्रतिभा पुरस्कार प्रदान गरियो । बाबु हरिराम गुधार्मी महाकाली सिँचाई कार्यालयमा कार्यालय सहयोगी आमा पार्वती गुधार्मी समान्य घरयासी काम गर्दै आएकी छिन । ग्रामिण भेगमा पनि बालप्रतिभा भएको मनिसाले पाएको पुरस्कारबाट प्रमाणित भएको छ । हरिलाल पार्वतीका तीन छोराछोरी मध्ये सबैभन्दा जेठी छोरी मनिसा हुन ।
छोरीले पुरस्कार पाएपछि उनका अभिभावक हर्षित भएका छन । पुरस्कार वितरण कार्यक्तममा भक्कानिएकी मनिसाले घर परिवार र विद्यालयमा शिक्षकको सहयोगबाट पुरस्कार पाएको बताईन । ‘म सानैदेखि चित्र कोथे, उनले भनिन, ‘आज आएर एउटा सफलता पाईयो ।’ मनिसाले पुरस्कार पाएसंगै उनका अभिभावक समेत हर्षित भएका छन । मनिसाका बाबु हरिलाल गुधार्मीले छोरीको सफलताले खुसी व्यक्त गर्नुभयो । बैजनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र्र बहादुर विष्टले ग्रामिण दुर दराजका प्रतिभाको सहि मुल्याङ्ककन भएको विद्यालयले सम्मान गरेको बताए ।






