जनजाती युवाहरुलाई दोधारा चाँदनीमा नि:शुल्क हार्डवेयर नेटवर्किङ र एडवान्स कम्प्युटर तालिम


दोधारा 

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले जनजाती किशोर, किशोरीहरुलाई निशुल्क एडवान्स कम्प्युटर तालिम संगै कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिम संचालन गरेको छ् ।

नेपाल आदीबासी जनजाती नगर समन्वय परिषद् दोधारा चाँदनीले आज एक कार्यक्रमको आयोजना गरि जनजाती किशोर, किशोरीहरुलाई निशुल्क २ महिने एडवान्स कम्प्युटर तालिम संगै २ महिने कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिम संचालन गरेको नेपाल आदीबासी जनजाती नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष राम चन्द्र थापा मगरले जानकारी दिएका छन् । कम्प्युटर प्रविधि सम्बन्धी विविध विषयमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गर्ने अभिप्रायले नेपाल आदीबासी जनजाती महासंघले कम्प्युटर तालिम संचालन गरेको कार्यक्रममा बताईएको छ् ।

उक्त तालिमको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले रोजगारी तथा बिज्ञानको युगमा कम्प्युटर प्रविधी उपयोगी रहने हुदा तालिमका सहभागीहरुले कम्प्युटरको महत्वलाई बुझेर तालिमलाई अवसरको रुपमा लिनु पर्ने बताए । आदिवासी जनजातीहरु हरेक कुरामा पछि पर्दै आएको बताउदै जनजातीहरुले आफु समक्षम हुने कार्यमा लाग्नु पर्ने उनको भनाई छ् ।

दोधारा चाँदनी नगर क्षेत्रमा रहेका आदीबासी जनजातीहरुलाई संगठित गर्दै उनिहरुको आर्थिक बिकासमा सघाउने हेतुले नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्ले यस वर्ष बिभिन्न कार्यक्रम बनाई नगरको बस्ती–बस्तीमा रहेका आदीबासी जनजातीको समस्या बुझन प्रयत्न गरेको भन्दै जनजाती महासंघ नगर समन्वय परिषद्लाई दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले धन्यबाद दिएका छन् ।

ग्रामिण विकट बस्तीहरुमा छरिएर बसोबास गर्ने आदिवासी जनजातिहरुको आर्थिक अवस्था अझै पनि निकै कमजोर रहेको आएका कार्यक्रमका बिशिष्ठ अतिथी तथा नेपाली काग्रेंसका नेता बेल बहादुर रानाले बताए । शिक्षामा कमजोर देखिएका आदीबासी जनजातीहरु अझै सम्म पनि अरु समुदाय तथा जातीको दाँजो शिक्षामा कमजोर रहदै आएको नेपाली काग्रेंसका नेता बेल बहादुर रानाले बताए । कलिलै उमेर देखि नै घरमा काममा सरिक हुने, पढ्ने उमेरमा दाउरा, घाँस, मेलापात, गोठाला, खेताला जाने भएका कारण हरेक पहुचमा जनजाती पछि पर्दै आएको उनले बताए ।

अब जनजातीहरु हरेका कुरामा निपुण हुनु पर्नेमा नेपाली काग्रेंसका नेता रानाले जोड दिए । जनजाती महासंघ नगर समन्वय परिषद्ले संचालन गरेको निशुल्क एडवान्स कम्प्युटर तालिम संगै कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिमले जनजातीहरुको किशोर किशोरीहरुको भविष्य निर्दिष्ठ गर्नेमा आफुले बिश्वास राखेको उनले बताएका छन् ।

एडवान्स कम्प्युटर तालिममा १५ जना र कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिम ५ जना तालिममा सहभागी रहने कार्यक्रममा बताईएको छ् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष राम चन्द्र थापा मगरको सभापतित्वमा संचालन भएको जनजाती किशोर, किशोरीहरुलाई निशुल्क एडवान्स कम्प्युटर तालिम संगै कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए भने प्रमुख अतिथीमा जनजाती महासंघ नगर समन्वय परिषद्का सल्लाहकार तथा नेपाली काग्रेंसका नेता बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगर रहेका थिए ।

यस्तै जनजाती युवा नेता डम्मर राना, नेपाल रेडक्रम सोसाईटी दोधारा उपशाखाका प्रतिनिधी कमला उपाध्याय तथा महासंघ नगर समन्वय परिषद्का पादधिकारी, प्रशिक्षक तथा तालिमका सहभागीको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img