नारी दिवसको अवसरमा क्लबका महिला खेलाडीद्धारा जेष्ठ नागरिक लाई फलफुल वितरण


कञ्चनपुर ,

सुदूरपश्चिम पश्चिम प्रदेशको ख्यातिप्राप्त क्लबका महिला खेलाडी तथा प्रतिनिधिद्धारा महिला दिवसको अवसरमा फलफूल वितरण गरिएको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरस सन त्रास पछी सरकारले कोभिड-१९ विरुद्धको खोप लगाउन आएका जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिका वडा न.१२ स्थित जुगेडामा रहेको क्लब मनकामनाका महिला खेलाडि तथा प्रतिनिधिद्वारा १११औ अन्तरास्ट्रिय नारी दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरि नारी दिवस एक कार्यक्रमका बिच मनाएको छ।

दिवसको अवसर पारेर क्लबका सह-कोषाध्यक्ष्य आरती कुमारी आचार्य र क्लबकि खेलाडी तथा जिए एम्बास्डर करिष्मा बराइलीको समन्वयमा र वडा अध्यक्ष गणेश प्रसाद जोशीको प्रमुख अतिथिमा कार्यक्रम सफल संग मनाइएको आयोजकले जानकारि दिएको छ।

एउटा खेलकुद क्षेत्रमा अग्रसर रहेको क्लबले बेला बेलामा समाजमा केही परिवर्तन ल्याउने सकारात्मक उद्देश्यका साथ सामाजिक कार्यहरु एक पछि अर्को गर्दै आएको छ।


ताजा समाचार

spot_img