कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालयको ४५औँ बार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच विद्यालयले बार्षिकोत्सव मनाएको हो । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै प्रध्यानाध्यापक मदन बहादुर विष्टले चार दशक अघि स्थापना भएको विद्यालयमा सरोकारवाला निकायले आवश्यक सहयोग नगरेका कारण विद्यालयको भौतिक संरचना नभएको दुखेसो पोखे ।

प्रअ विजष्टले प्राविधिक शिक्षा सहित अध्यापन भईरहेको विद्यालयमा भौतिक संरचना अभाव भएको बताए । ‘पर्खाल समेत छैन, खेल मैदान उस्तै छ, ‘प्रअ विष्टले भने, ‘दुर्गम ग्रामिण भेगको विद्यालयमा सबै निकायले सहयोग गर्नुपर्छ ।’ कक्षा ११ र १२ कक्षा संचालनका लागि समेत सहयोगको अपिल गरेका छन । विद्यालयबाट अन्र्तराष्ट्रिय पुरस्कार समेत प्रदान भएको सन्र्दभमा भौतिक संरचना अभाव रहेको दुखेसो पोखे । अक्षयकोष मार्फत समेत विद्यालय संचालन गर्नुपर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने पुर्व पदाधिकारी एव समाजसेवि दुर्गा सुनार, सर्जन सुनार, डिक्रा सुनार, जयानन्द जोशी, पुष्पा विष्ट जितेन्द्र लेखकलाई सम्मान गरिएको छ । शिक्षक बसन्त मल्ललाई समेत सम्मान गरिएको छ, । यस्तै स्व.देउमल दमाई संस्थापक, स्व. पदम बहादुर विष्ट, स्व. बले बोहरालाई मरणोपरान्त सम्मान गरिएकोछ । बालचित्रकलामा नेपाल प्रथम भएकी विद्यालयकी छात्रा मनिसा बोहरा, सहितका यूनेस्को, प्रदेश सभा सदस्य प्रकास रावललाई सम्मान गरिएको थियो । विद्यालयका पुर्व अध्यक्ष एव तिलाचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानसिह बोहराले विद्यालयको बृद्धि विकासका लागि सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुप प्रदेशका सदस्य तथा पुर्वराज्यमन्त्री प्रकास रावलले विद्यालयको शैक्षिक भौतिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । शिक्षक अभयराज जोशीले संचालन गरेको कार्यक्तममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र्र बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवि पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहितका शिक्षक, अभिभावकको सहभागिता रहेको थियो ।






