सामाजिक मुद्दाहरुलाइ तस्बिरमा उतार्ने कलाकार – स्मृति पाण्डेय


भोजराज भट्ट / कञ्चनपुर

कंचनपुरको वेदकोट नगरपालिका वडा. ३ सामादैजि बस्ने स्मृति पाण्डेय को दैनिकी निकै व्यस्त देखिन्छ ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत स्मृति पाण्डेयको दैनिकि निकै व्यस्त रहनुको
एकमात्र कारण पढाइसँगै आफूले रुचाएको चित्रकला पनि हो। दस कक्षासम्म घरनजिकैको बालसंसार ईङलिस बोर्डिंग स्कुल मा पढेकी स्मृति पढाईमा पनि निकै अब्बल थिइन।

रेडियन्ट उच्च माध्यमिक विद्यालयबाट विज्ञान विषय लिएर इन्टरमिडियट गरेपछि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल
इन्जिनियरिङ पढ्दैछिन्। आफ्नो रुचि चित्रकलामा भएको तर यसबाट भविश्य सुनिश्चित हुननसक्ने पिरले इन्जिनियरिङ्ग
पढेको उनको दुखेसो छ। अरुबेला पढाइबाट फुर्सद नपाएकी स्मृतिले लकडाउनको खाली समयको भने भरपुर फाइदा लिइन। पछिल्लो समयमा पिपलको पात मा मान्छेको आकृति उतारेर लिफ आर्ट बनाउनकालागि उनकोमा अर्डर गर्नेहरूको पनि कमी छैन। लिफ आर्ट संगसँगै स्केच बनाउने पनि उनको अर्को प्रतिभा हो । शान्त एवं सरल स्वभावकी स्मृति पाण्डे
सानैदेखि चित्र कोर्न निकै रुचि राख्ने उनकी आमा बाल संसार बोर्डिंग स्कूल की शिक्षिका सीता जोशी पाण्डेय सम्झिन्छिन्।

लकडाउन को समयमा सबै मानिसहरु काम छैन भन्दै दिन काट्नै धौधौ परिरहेको अवस्थामा स्मृति ले भने पिपलको
पातमा कोरेर मान्छेको तस्बिर बनाउने कामलाई प्राथमिकता दिइन्। आफ्नै अनुहार पिपलको पातमा कोरेको एवम एउटा
पेन्सिलको भरमा कगजमा दुरुस्तै बनाइएको तस्बिरले कस्को मन लोभ्याउला । पिपलको पातमा आकृति बनाउने काम
गरेवाफत एउटा तस्बिरको दुई हजारसम्म लिने गरेको स्मृति बताउँछिन्। यो सँगसँगै सामाजिक समस्याका मुद्दाहरूमा
आफ्नो कलाकारिता मार्फत आवाज उठाउने नारीको रूपमा उनीहरूले परिचित छिन्। महेन्द्रनगरस्थित युवाहरूको समूह
युथ भ्वाइसमा आवद्ध रहेकी उनले बलात्कार, यौन हंसा, लैङ्गिक विभेद,लागू पदार्थ दुर्बेसनी लगायतका थुप्रै
विधाहरुमा दर्जनौ तस्वीरहरु कोरेकी छिन।

यसका अतिरिक्त युवाहरूलाई प्रेरणा दिने खालका सन्देशमूलक कुराहरु उनले कोरेका तस्वीरहरुमा प्रष्ट्र देख्न सकिन्छ। विभिन्न कला प्रदर्शनी हरुमा भाग लिएर थुप्रै पुरस्कारहरु हासिल गरिसकेकी स्मृतिका बुवा लक्ष्मि दत्त पाण्डेय ले भन्नुभयो, छोरीको कला देखेर हामी प्रफुल्लित भएका छौं, सानै उमेर हुँदादेखि चित्रकलामा निकै रुचि राख्ने हुँदा हामीले पनि छोरीको मेहनत देखेर गर्व गर्नुपर्ने अवस्था आएको छ। हाम्रो समाजमा रहेका प्रस्फुटन हुन नसकेका यस्ता कलाहरुको सम्मान गर्न सकेमात्रै उनीहरूको हौसला मा थप बल पुग्न सक्छ। क्षमता भएको मान्छे हरु को पहिचान गरी उचित मूल्यांकन गर्न सके मात्र एउटा सुसंस्कृत समाजको स्थापना हुन सक्छ।


ताजा समाचार

spot_img