दोधारा

माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको नेपाल–भारत खुला सिमामा निगरानी राखी महिला तथा बालबालिकाहरुलाई परामर्श दिनुको साथै गाँउ बस्तीमा जनचेतनाका कार्यक्रम समेत गर्दै आएको छ् । बिगत केही वर्ष देखि माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल स्थित पोष्ट स्थापना गरि परामर्श सेवा संचालन गर्दै आएको हो । दोधारा चाँदनी नगर क्षेत्रमा मानव बेचबिखन विरुद्धमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको माईती नेपालले सिमा क्षेत्रमा हुने मानव तस्करी र महिला हिंसाको बिरुद्धमा प्रखर देखिदै आएको छ् ।


त्यसै क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. १ पशुपती टोल तथा महाकाली पक्की पुल आसपास नेपाल–भारत सिमा बस्तीमा माईती नेपाल कञ्चनपुरको टोलीले स्थानियहरुको घर देलोमा पुगी मानव बेचबिखन रोक्न पर्चा पम्पलेट लगाएत मानव बेचबिखन बिरुद्ध बिभिन्न जनचेतनामुलक सुचना सामग्री बितरण गर्ने संगै परामर्श दिने कार्य गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । मानव बेचबिखन विरुद्धका विभिन्न कार्यक्रमहरु मध्य दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा बस्तीहरुमा स्थानियहरुलाई मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउने तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा सबै एक जुट भएर लाग्न सबैमा आह्वान अनुरुप सिमा क्षेत्रका बस्तीमा घर दैलोमा पुगी परामर्श दिने कार्यक्रम सुरु गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।


मानव बेचबिखन तथा ओसारपसार विरुद्ध, सुुरक्षित बसाई सराई, महिला हिंसा र वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानीको बिषयमा स्थानियहरुको घर दैलोमा पुगी जानकारी गराईएको छ् । कयौं स्थानिय महिला, किशोर किशोरी तथा वालवालिका घरमा मात्रै सिमित रहने हुदा उनिहरुलाई घर संगै खेतवारीमा पुगी माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना तथा परामर्श दिईएको छ् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको झण्डै ३५ किलो मिटर खुला सिमा क्षेत्र रहेकोले स्थानिय नागरिकहरु मानव बेचबिखन तथा ओसारपसार विषयमा प्रखर हुनु पर्ने माईती नेपालको भनाई रहेको छ् । कस्ता महिला तथा बालबालिकाहरु बेचबिखनमा पर्न सक्छन, बेचिएका बालबालिकाहरुलाइ कुन कुन क्षेत्रमा लगाईन्छ, महिला हिसा किन र कसरी हुन्छ भन्ने बारेमा स्थानियहरु संग भेट गरि जनचेतना फैलाईएको हो । स्थानिय कमला धामीले माईती नेपालको घरदैलो कार्यक्रम निकै प्रभावकारी रहेको बताएका छन् । घरको चुल्हा चौकामा सिमित रहेको स्थानियहरुलाई उनिहरु रहेकै स्थानमा पुगी मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी जानकारी दिएको भन्दै कमला धामीले माईती नेपाल कञ्चनपुरको टोलीलाई धन्यबाद समेत दिएका छन् ।

माईती नेपाल कञ्चनपुरले आज झण्डै १ सय भन्दा बढी घरधुरीमा पुगेर स्थानियहरु संग भेट गरि मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जानकारी र प्रश्न उत्तर गरेको छ् । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दोधारा चाँदनीको नेपाल–भारतको सिमा बस्तीमा जनचेतनामुलक कार्यक्रम संचालन गरेको बताएको छ् । माईती नेपालले मानव बेचबिखन तथा ओसार पसार रोक्न बिभिन्न कार्यक्रम दोधारा चाँदनीको दुर्गम बस्तीमा समेत कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरको टोलीले बताएको छ् । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको वडा नं. १ क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार रोक्न घरदैलोमा पुगी जनचेतना फेलाएको निकै सकारात्मक कार्य रहेको बताएका छन् । वडा नं. १ को महाकाली पक्की पुल आसपास क्षेत्रमा मानव तस्करी हुने सम्भावित क्षेत्र भएको कारण पनि उक्त क्षेत्रमा स्थानियहरुलाई मानव बेचबिखन तथा ओसार पसार रोक्न सजग गर्नु पर्ने आवश्यक रहेको बताउदै बिगत लामो समय देखि दोधारा चाँदनी नगर क्षेत्रमा मानव बेचबिखन बिरुद्ध कार्य गर्दै आएको माईती नेपाल कञ्चनपुर नगर क्षेत्रको लागी क्रियाशिल संस्था रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताएका छन् ।






