एन्फा एकेडेमीकालागि सुदूरपश्चि प्रदेशबाट १२ जना यू–१३ खेलाडी छनौट

कञ्चनपुर जिल्ला बाट एक जनामात्रै छनौट


कञ्चनपुर,

अखिल नेपाल फुटवल संघको एन्फाको निर्धारित बार्षिक कार्यतालिका अनुसार एन्फा एकेडेमिका लागि सुदूरपश्चिम प्रदेशबाट यू–१३ का १२ जना खेलाडी छनौट भएका छन ।

शुक्रबार धनगढी उपमहानगरपालिका–१२ स्थीत रहेको मनकामना युवा क्लवको खेलमैदानमा खेलाडी छनौट प्रतियोगिताबाट एकेडेमिका लागि यू–१३ का १२ जना खेलाडी छनौट भएका हुन ।

छनौट हुने खेलाडीमा कञ्चनपुरका मौसम रोकाया, कैलालीका कृष्ण रोकाया, उमेस कडायत, गोविन्द विष्ट, रेसम सिंह, तिलकहरी कुँवर, कृष्ण चन्द, गौरव प्याकुरेल, सृजन सि, आशिष महतरा, हुन भने गोलरक्षकमा कैलालीकै राम बहादुर बोहरा र सागर चन्द छनौट भएका हुन ।

सुदूरपश्चि प्रदेश अन्तरगत सुदूरपश्चिम प्रदेश फुटवल संघले प्रदेशको उपाध्यक्ष तथा कार्यक्रम संयोजक राघबेन्द्र कार्कीको संयोजकत्व र एन्फा केन्द्रिय प्रतिनिधि मनोज रञ्जित, अर्जुन लामाको उपस्थितिमा खेलाडी छनौट प्रतियोगिता गरेको थियो ।
ग्रासरुट फुटबल विकाशकालागि देशव्यापिरुपमा अखिल नेपाल फुटवल संघ एन्फाले ४८ ओटा फुटवल संघलाई ग्रासरुट कार्यक्रमको जिम्मेवारी दिएको थियो । अखिल नेपाल फुटवल संघले आगामि २०७८ सालदेखि क्लवहरुसंग सहकार्य गरी एकेडेमि संञ्चालन गर्ने भएकाले सो एकेडेमिकालागि १३ बर्ष कम उमेरका खेलाडि छनौट गरिरहेको हो ।


ताजा समाचार

spot_img