महाकाली जलाधर क्षेत्रमा अनुगमन तथा छलफल कार्य सम्पन्न


कञ्चनपुर

भीमदत्त नगरपालिका अन्र्तगत पर्ने महाकाली नदीमा नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, वालुवा) उत्खन्न क्षेत्रको बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा महाकाली जलाधर क्षेत्रमा अनुगमन तथा छलफल गरिएको छ ।

No description available.

भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख शुशिला चन्द सिह संयोजकत्वमा गएको अनुगमन टोलीले भीमदत्त नगरपालिकामा पर्ने महाकाली नदी र नदी जन्य पदार्थ ढुङ्गा गिट्टी, वालुवा उत्खन्न क्षेत्रको अनुगमन गर्दा मानिस द्वारा बेल्चा, कोदाले, साबेलको प्रयोग गरीएको, आइईई गरेको क्षेत्रमा तत्काल सुचना पाटी राख्नु पर्ने, महाकाली नदीको बहावलाई अवरोध हुने गरी उत्खनन नगरिएको र उत्खन्न सम्बन्धीको मापदण्ड भित्र रहेर उत्खन्न गरेको पाइयो ।

No description available.

उक्त अनुगमन टोलीमा भीमदत्तनगरपालिकाका वडा नंं ४, ११, १२ र १३ का अध्यक्ष, वातावरण अधिकृत गणेश ठगुन्ना लगायत नगरपालिका सरोकारवालको सहभागीता रहेका थियो भने वाफर नेपाल बाट फिल्ड अफिसर शारदा जोशीको सहभागीता रहेको थियो ।

No description available.


ताजा समाचार

spot_img