पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा शुक्लाफाटा र दोधारा चादंँनी बिजय


कञ्चनपुर

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो दिनका खेलमा शुक्लाफाँटा र दोधारा चादनि नगरपालिकाका बिजय भएका छन् ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने तेस्रो दिनको खेलमा शुक्लाफाँटाले बेलौरी नगरपालिका लाई १० विकेट र दोधारा चादनी नगरपालिकाले कृष्णपुर नगरपालिका लाई ५ विकेटले हराउदै आफ्नो पहिलो जित हात पारेको छ। तेस्रो दिनको पहिलो खेलमा पहिलो ब्याटिङ बेलौरी नगरपालिका रोज्दै निर्धारित १९ ओभरमा १० विकेट क्षतिमा ७५ रनको योगफल तयार पारेको थियो।

जसमा बेलौरी टिमको लागि सुशील पन्तले ३१ बलमा ४ चौकाको मदतले २३ रन, सुरेन्द्र शाहिले १७ बलमा १ चौका प्रहार गर्दै १२ रन बनाएका थिए। शुक्लाफाँटाको तर्फबाट सुबेश रावलले ४ ओभरमा ११ रन दिदै ३ विकेट ,सुशील रावल र सुरज तिरुवाले ४ ओभरमा १६ ,१८ रन दिएका हुन। यो संगै कैलाश ऎर ४ ओभर १३ रन १ विकेट ,समीर गौतम २ ओभर ९ रन १ विकेट हात पारेका थिय। यसरी ७६ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको शुक्लाफाँटा नगरपालिका ५.५ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो।

शुक्लाफाँटा टिमका लागि ब्याट्सम्यान विशाल ऎर १७ बलमा ५ चौकाको मदतले ३० रन,अशोक विष्ट १८ बोल खेल्दै ९ चौकाको मदतले ४० रन हान्दै टिमको लागि पहिलो जित दिलाएका छन् उक्त खेलको म्यान अफ द म्याच शुक्लाफाँटा नगरपालिका टिमका सुरेश रावल घोषित भए। तेस्रो दिनको दोस्रो खेलमा कृष्णपुर नगरपालिकाले पहिलो ब्याटिङको गर्दै निर्धारित १२.३ ओभरमा अल आउट हुँदै टिमको स्कोर ४२ रनमा समेटिएको कृष्णपुर आफ्नो पहिलो खेल ५ विकेटले गुमाउन पुग्यो।

दोधारा चादनिको तर्फबाट महेश सिंह बुष्टले ४ ओभरमा ११ रन दिदै ४ विकेट ,बिकाश सुनारले २ ओभरमा ३ रन दिदै २ विकेट ,प्रकाश साउँद र राजेश सामन्तले समान एक-एक विकेट हात पारेका थिए। यसरी ४३ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको दोधारा चादनि नगरपालिका ५.१ ओभरमा ५ विकेटको क्षतिमा आफ्नो पहिलो खेलमा ५ विकेटले जित प्राप्त गरेको छ। दोधारा चादनी टिमका लागि ब्याट्सम्यान गणेश बिटालुले ९ बलमा २ चौका १ छक्कको मदतले १६ रन बनाउदै नटआउट रहे। कृष्णपुर नगरपालिका टिमको तर्फबाट आदित्य महताले ३ ओभरमा २७ रन दिदै ५ विकेट हात पार्दा पनि आफ्नो टिमको लागि जित भने दिलाउन सकेनन् ।उक्त खेलको म्यान अफ द म्याच दोधारा चादनी नगरपालिका टिमका महेश सिंह बिष्ट घोषित भए।

प्रतियोगिताको चौथो दिनमा दुई खेल हुने र चौथो दिनको पहिलो खेल शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपाली बिच बिहान ९:३० बजे हुने छ। भने चौथो दिनको दोस्रो खेल कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ। प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।


ताजा समाचार

spot_img