पुनर्वास

कञ्चनपुरको पुनर्वास–५, स्थित भानु युवा क्लबको आयोजनामा भएको प्रथम भानु कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा फुटबल प्रतियोगिताको उद्धघाटन भएको हो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्टको बिशिष्ट आतिथ्य ,पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष बिरबहादुर बोगटी ,पुनर्वास–६ का वडा अध्यक्ष मनबहादुर गुरुङ्ग ,नेकपा नगर ईन्चार्ज स्थिर प्रसाद घिमिरे ,जेष्ठ नागरिक समिति कञ्चनपुर जिल्ला उपाध्यक्ष पदम थापा लगायतका थुप्रै व्यक्तिहरुको आतिथ्यता रहेको थियो । प्रतियोगितामा धनगढी ,पुनर्वास र बेलौरीका २७ वटा फुटबल टिमको सहभागिता रहने क्लबका सदस्य रुपेश खरेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय एघार रुपैयाँ तथा उपविजेताले ५१ हजार एक सय एघार रुपैयाँ पुरस्कार रहेको क्लवका म्यानेजर सुदिप रोकायाले जानकारी दिए ।

उद्धघाटनकै क्रममा आयोजक भेट्रान भर्सेस आयोजक बि बिच खेल भएको थियो । त्यस्तै शुक्रबार बिहान पहिलो खेल लक्ष्मी युवा क्लब घ–गाँउ भर्सेस युनाईटेड आई.बी.आर.डी. का बिच हने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष पदम पुजाराको सभाध्यक्षमा भएको फुटबल उद्धघाटन प्रतियोगिताको सञ्चालन क्लबका सदस्य रुपेश खरेलले गरेका थिए ।
