भारतबाट नेपालका लागी हिडेका युवक सात दिन देखि बेपत्ता भएका छन् ।
कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा न.७ कृतिपुर घर भएका ३७ वर्षीय ५ फिट ५ इन्च उचाई गहु गोरो वर्ण भएका धन बहादुर महत नाम गरेका युवक भारतको अल्मुडा देखि नेपालका लागि हिडेका उनी सात दिन देखि बेपत्ता भएका पीडित परिवार उनका दाजु भुपेन्द्र बहादुर महतले बताएका छन् । उनका अनुसार फागुन १३ गते भारतको अल्मुडा देखि घरायसी कामक लागि घर आउन लागेको र भारतको हल्दुवानी सम्म सम्पर्कमा रहेको त्यसपछि सम्पर्क बिहिन हुँदा अहिलेसम्म घर नपुगेको बताएका छन् ।
बेपत्ता युवक धन बहादुर महत
अब आउला तब आउला भनेर घरपरिवार बाटो हेर्दाहेर्दै दिनप्रतिदिन ढल्किदै गर्दा घर नपुगे पछि खोजनितिका लागि सबै सम्बन्धित प्रशासन लाई समेत आग्रह गर्ने बताएका छन् । भारतको बनबासा देखि लिएर खोजीनितिका लागि प्रशासनले बाताबरण सहज बनाई दिए उक्त ठाउँहरु सम्म पुग्ने पीडित परिवारको भनाइ रहेको छ।