नक्कली नोटमा दोषी प्रमाणित नभएपछि पुनर्वासका मेडिकल सञ्चालक खाती रिहा

पुनर्वास

भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक अदालतबाट रिहा भएका छन्् । माघ २३ गते नक्कली नोटको कारोबारमा संलग्न भनि प्रहरीले पक्राउ गरेका पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा रहेको जेडि क्लिनिकका सञ्चालक रमेश खाती आईतबार अदालतबाट रिहा भएका हुन् ।

उनीसँगै पक्राउ परेका अर्का काठमाडौं महानगरपालिका–१४,बौद्ध बस्ने बिष्णु भट्ट पनि रिहा भएको बेलडाँडी प्रहरीले बताए । काम बिशेषले भारतीय बजार खजुरीयामा गएका बेला एक जना चिनजानकै भारतीय नागरिकसँग उसैको घरमा बसेको अवस्थामा भारतीय प्रहरी आएको र प्रहरी देख्ने बित्तिकै उनीहरु पmरार भएपछि आफुहरुलाई भारतीय जनपद प्रहरीले पक्राउ गरेको मेडिकल सञ्चालक खातीले हेल्लो पुनर्वाससँगको कुराकानीमा बताए । उनले आफुसँग भएको १७ हजार नेपाली रकम पनि भारतीय प्रहरीले लगेपनि तर सो रकम भने सार्वजनिक नगरेको बताए ।

उनीबाट बरामद गरिएको एक हजारको एक थान र पाँच सयका दुई थान नोट नक्कली भनि प्रहरीले सुरुमा सुचना प्रवाह गरेको भएपनि पछि नेपाल राष्ट्र बैंकले सो नोट सक्कली नै भएको प्रमाणित गरेपछि खाती र भट्टलाई अदालतले रिहा गरेको हो । नक्कली नोटको आरोपमा २४ दिन सम्म खाती र भट्टलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरीले आफ्नो हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

ताजा समाचार