कञ्चनपुर

फागुन जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी ओली सरकार जनतामारा भएको आरोप लगाउनुभएको छ । जनता समाजवादी पार्टी कञ्चनपुरद्वारा मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले ओली नेतृत्वको सरकार जनता मारा भएको आरोप लगाउनुभएको हो । ‘कोरोना कहाँ गयो, सीमा अवरोध गरेर जनतालाई दुख दिईरहेको छ, ‘उनले भने, ‘तुरुन्तै सीमा खोल्नुपर्छ, जनतालाई धेरै दुख भयो ।’सत्तामा रहदा राष्ट्रियता एव सीमाको कुरो नगर्ने सत्ता बाहिर जाँदा खाक्र्रो राष्ट्रवादका कुरा गर्ने काँग्रेस कम्यूनिष्ट प्रवृति हावि भएको बताए ।

कुटनीति तरिकाबाट सीमा समस्या समाधान गर्न महतोले जोडदिनुृभयो । महतोले निर्मला हत्याकाण्डको विषयमा नालायक सरकारका कारण निर्मला काण्डपछि भागरथी काण्ड हुँदै देशमा काण्डै काण्डै मच्चिएको बताए । पुर्वमन्त्री समेत रहेका महतोले ९फागुनमा वनमन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या १९दिनमा समस्या समाधान गर्ने घोषणको विषयमा टिप्पणी गर्दै नेता महतोले १९ बर्षमा पनि वर्तमान सरकारले समस्या समाधान गर्न नसक्ने बताए ।

‘यो सरकार जनताप्रति जिम्मेबार छैन, ‘१९ बर्षमा आरक्षपीडितको समस्या यही सरकारले १९दिनमा त के १९बर्षमा पनि समाधान गर्न सक्दैन ।’ एक करोड जनता देश बाहिर रहेकाले यही हो, सम्बृद्ध नेपाल सुखी नेपाल भन्दै उनले प्रशन गरे । जसपा यही स्थितिमा सरकार नजाने समेत बताए ।
