दोधारा चाँदनीको वडा–वडामा जनजातीको समन्वय परिषद् गठन


दोधारा

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले वडा समन्वय परिषद् गठन कार्यलाई तिब्रता दिएको छ् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयाँगमा नगरको वडा स्तरिय जनजातीहरुलाई जनचेतना संगै वडा स्तरिय समन्वय परिषद् गठन कार्यलाई तिब्रता दिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापा मगरले जानकारी दिएका छन् ।

No description available.

आज वडा नं. ७ मा नेपाल आदीबासी जनजाती महासंघ वडा समन्वय परिषद् गठन कार्य सम्पन्न गरिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले जनाएको छ् । वडा नं. ७ को लक्ष्मी चौराह नजिक एक निवासमा संचालन भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ७ का वडा सदस्य तेज बहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार, नेपाली काग्रेंसका नेता तथा तत्तकालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना लगाएत नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका पदाधिकारी तथा स्थानिय जनजातीको बाक्लो उपस्थितीरहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेंसका नेता तथा तत्तकालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले जनजातीहरु अझै संगठित हुने बेला आएको बताउदै जनजातीहरुको भेषभुषा तथा रितिरिवाजलाई जोगाई राख्नको लागी सबै जनजातीहरु नगर क्षेत्रमा एक जुट हुन समेत आह्वान गरेका छन् ।

No description available.

जनजातीहरुले आफ्नो रितिरिवाज तथा रहनसहन बिर्सदै जादै गएको अवस्थामा आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्ले वडा तथा टोलमा रहेका जनजातीको अवस्था बुझ्ने संगै संगठित अभियान संचालन गरेको भन्दै नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्लाई धन्यबाद समेत दिएका छन् । बक्ताहरुले नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् वडा समन्वय परिषद् गठन संगै जनचेतना कार्यक्रम प्रभावकारीमुलक रहेको बताएका छन् । नेपालको कूल जनसंख्याको झण्डै ३८ प्रतिशत भन्दा बढी जनसंख्या आदिवासी जनजातिहरुको रहेको र आदिवासी जनजातिहरुको शैक्षिक अवस्था दयनीय अवस्थाको रहेको कारण शिक्षामा पहुच बढाउन जनजातीहरुलाई उत्साहित गर्नु पर्ने कार्यक्रममा औल्याईएको छ् ।

कार्यक्रममा जनजातीहरुको शैक्षिक अवस्थामा कमजोर पहुच संगै राजनितिक पहुच समेत कमजोर भएको ठहर गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका जनजातीको बसोबास भएको वडालाई लक्षित गरि वडा स्तरिय जनजातीहरुलाई जनचेतना संगै वडा स्तरिय समन्वय परिषद् गठन कार्यलाई तिब्रता दिने बताईएको छ् । वडा नं. ७ को जनजातीको भेलाले मनोज पुनको संयोजकत्वमा नेपाल आदीबासी जनजाती महासंघ वडा समन्वय परिषद् गठन गरेको छ् । यस्तै उपाध्यक्षमा जानु थापा मगर, सचिवमा सिमा गुरुङ्ग, कोषाध्यक्षमा माया पुन मगर गरि ९ सदस्यीय नेपाल आदीबासी जनजाती महासंघ वडा नं. ७ वडा समन्वय परिषद् गठन गरेको छ् ।

 

 


ताजा समाचार

spot_img