सिहदरबारकै जस्तो झल्को दिने भीमदत्त नगरपालिका २ को आधुनिक वडा भवन

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडाको आधुनिक भवन निर्माण भएको छ । सिहदरबारकै जस्तो झल्को दिने गरि महुलियाको स्वस्थानी टोलमा दुई तले वडा भवन निर्माण भएको हो । भवनको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । स्थानीय समाजसेवि चार दाजुभाई राम प्रशाद, स्व.लक्ष्मण, भरत र रमेश डगौराले बाबुआमा(गंगाराम नथुनी डगौराको स्मृतिमा वडा भवन निर्माणका लागि जमिन दिएका थिए । भीमदत्त नगरपालिका २का वडाध्यक्ष डम्बर कार्की(डिके)ले आधुनिक भवन निर्माण निर्माणका लागि स्थानीय समाजसेवि डगौरादाजुभाईले २ कट्टा १ धुर जमिन दिएपछि भवन निर्माण गरिएको बताए ।

उनका अनुसार एक सुविधायुक्त हल सहितका कोठा रहेका छन । यस अघि भाडामा घरमा वडा कार्यालय संचालन गर्दै आएको भीमदत्त नगरपालिका २ नम्बर वडाले अबदेखि आधुनिक भवनबाटै सेवा संचालन गर्नेै भएको छ । ‘पहिले भाडाको घर भएकाले दैनिक कार्यमा असहज हुन्थो, ‘उनले भने, ‘अब सहज हुनेछ ।’ एक करोड ७० लाख लागतमा भवन निर्माण निर्माण गरिएको छ । असार ५देखि भवनको शिलान्यास गरिएको थियो । साढे १० महिनामै भवन निर्माण भएको छ । वडा भवन निर्माणसंगै दैनिक कार्य संचालन र सेवाग्राहीलाई सहज हुने स्थानीयले बताएका छन । स्थानीय पदम राज जोशीले अध्यक्ष डिके कार्कीले चुनावी पतिबद्धता अनुसार आफ्नै कार्यकालमा आधुनिक भवन निर्माण गरेको बताए ।

‘वडाध्यक्ष कार्कीले चुनावका बेला हामीसंग आधुनिक वडा भवन निर्माण गर्छु भनेका थिए, ‘स्थानीय जोशीले भने, ‘तीन बर्षमै पुरा गरिछाडे, अब जस्तो भवन त्यस्तै सेवा दिनुपर्छ ।’ भीमदत्त नगरपालिका २ उल्टाखाम स्थित सरस्वती माविका शिक्षक प्रमानन्द नाथले भवन निर्माणसंगै सेवाग्राहीकालाई सहज हुने बताए । कार्यक्रममा जमिन दिने दाताहरुलाई सम्मान गरिएको छ । जमिनदाताहरुलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भवनको उद्घाटन गर्दै वडाबाटै नागरिकलाई सेवा दिने बताए । उनले बाँकी कामका लागि समेत बजेट दिने आश्वासन दिनुभयो । मेयर विष्टले नागरिकलाई वडाबाटै थुप्रै सेवा दिने बताए ।

ताजा समाचार