साइन नेपालद्धारा सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त क्लब मनकामना लाई खेलकुद सामाग्री


कैलाली ,
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब लाई मानबिय सेवामा अनेकौं प्रयास, साइन नेपाल कैलालीले क्लब लाई खलकुद सामाग्री सहयोग गरेको छ ।साइन नेपालका अध्यक्ष भक्तराज जोशीले क्बलका अध्यक्ष डबल बहादुर थापा लाई सामाग्री हस्तान्त्रण गरेका हुन् । साईन नेपालले क्बल लाई खेलकुद ड्रेस, फुटबल लगायतका सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

उनले खेलकुद सामाग्रीले क्लब लाई महत्वपुर्ण सहयोग पुगेको जानकारी दिए । त्यस्तै साइन नेपालका अध्यक्ष भक्तराज जोशीले संस्थाले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गदै आएको जानकारी दिए । कार्यक्रमको संञ्चालन मनकामना युवा क्लब कोषाअध्यक्ष कृष्णराज पाण्डेयले गरेका थिए ।


ताजा समाचार

spot_img