कञ्चनपुर
चौथो शुक्लाफाँटा पर्यटन महोत्वसको अन्तिम दिन शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मझगाउँस्थित देबीदल गणमा कञ्चनपुर उद्योग बाणिज्य संघ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिबीच मैत्रीपूर्ण खेल भएको थियो ।

महोत्सव समापन समारोहमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगितामा मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिले कंचनपुर उद्योग बाणिज्य संघलाई ५–४ गोलको अन्तरले पराजित गर्दै बिजेता बन्यो । मैत्रीपूर्ण खेलमा मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिले विजय भए सँगै रु १५ हजार हात पार्न सफल भएको छ भने उप विजेता कंचनपुर उद्योग बाणिज्य संघले रु ११ हजार मा चित्त बुझाएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरी फागुन ९ गतेदेखि महोत्सव आयोजना गरेको थियो । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई २०७२ फागनु ९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो ।

भीमदत्तले निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि फागुन ९ गते महोत्सव आयोजना गरेको थियो । महोत्सवमाको अवधिमा शुक्लाफाँटा निकुञ्ज भ्रमण, साइकल रेस, बक्तृत्वकला प्रतियोगिताका लगायतका कार्यक्रमहरु गरिएको थियो उक्त प्रतियोगितामा विजय भएका खेलाडी र छात्र–छात्रलाइ पनि पुरुस्कार वितरण गरिएको थियो ।
मझगाउँस्थित निकुञ्जको प्रवेशद्वारमा शनिबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। अम्मराज जोशीको प्रमुख आतिथ्मा रहेको थियो भने कार्यक्रमको अध्यक्षता भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गर्नु भएको थियो । नेपाल सरकरका वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले महोत्सवको उद्घाटन गरेका थिए ।

