दोधारा

दोधारा चाँदनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी सम्मानित भएका छन् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले आयोजना गरेको एक कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीलाई सम्मान गरिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारी नियन्त्रणमा समेत अग्रमोर्चामा रहेर जनताको सेवा गर्दै आएको भन्दै नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले दोधारा चाँदनी वडा नं. ६ को वडा स्तरिय जनजातीहरुलाई जनचेतना कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीलाई सम्मान गरेको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले जनाएको छ् ।


दोधारा चाँदनी नगरपालिकामा स्थित रहेको एक मात्रै स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत डाक्टर चौधरीको आगमन पछि स्वास्थ्य क्षेत्रमा ह्वात्तै परिवर्तन आएको छ् । बिगतका दिनहरुमा स्वास्थ्य केन्द्रमा उपचार गर्न नमान्ने स्थानियहरु अहिले आएर स्वास्थ्य केन्द्रमा धाउने गरेका छन् । डाक्टर चौधरीको कारण प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्नेमा बिश्वास बढेर गएको बताईएको छ् । डाक्टर चौधरीलाई स्थानियहरुले जनताको डाक्टर भनेर समेत नामाकरण गरेका छन् । डाक्टर चौधरीले बिरामीलाई उपचार गरेपछि सञ्चो हुने हुदा प्राथमिक स्वास्थ्य केन्द्र प्रति स्थानियको बिश्वास बढेर गएको छ् ।


बिगतका दिनहरुमा दैनिक २० देखि ४० जना प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने गरेपनि अहिले आएर दैनिक दैनिक १ सय ५० भन्दा बढी स्थानियहरु स्वास्थ्यको समस्या लिएर डाक्टर चौधरीलाई उपचार गर्न आउने गरेका छन् । डाक्टर गगन चौधरीले कोरोना संक्रमणको बेला आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र खटिएर नगरपालिकाका जनताको स्वास्थ्यमा उल्लेखनिय सहयोग गरेको कारण पनि डाक्टर चौधरी सबैको प्रियको पात्र बनेका हुन् । चौबिसै घण्टा अस्पतालमा भेटिने डाक्टर गगन चौधरीलाई आज सम्म निजि क्लिनिकमा बिरामी हेर्न गएको पाईदैन् । त्यसको साटो गाँउ, बस्तीमा गएर दुखी गरिबको उपचारमा खटिएका उनलाई हेर्न पाईन्छ् । दोधारा चाँदनीका जनताको सेवामा अहोरात्र खटिएका डाक्टर चौधरीलाई सम्मान गर्न पाउदा खुशी लागेको नेपाल जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापाले बताएका छन् ।

डाक्टर गगन चौधरीको जनतामा समर्पित डाक्टर भएको कारण जनजातीहरुको गर्भको बिषय बनेको उनको भनाई रहेको छ् । विभिन्न भौतिक असुविधाका बिचमा रहेर सेवा प्रवाह गरिरहेका डाक्टरको हौसलाका लागि सम्मान गरिए जस्तै सरकारी तवरबाट अस्पतालमा थप आवश्यक साधनको पनि व्यवस्था गर्नु पर्ने देखिएको छ् । यस अघि दोधारा चाँदनी स्थित बिभिन्न संघ संस्था लगाएत स्वास्थ्य निर्देशनालय डोटीले डाक्टर चौधरीलाई सम्मान गरेको हो । कार्यक्रम नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले डाक्टर चौधरीले दोधारा चाँदनी क्षेत्रमा लोकप्रिय रहेको बताएका छन् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्ले डाक्टर चौधरीलाई सम्मान गरेकोमा धन्यबाद समेत दिएका छन् ।

यस्तै नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले जनताले रुचाएको डाक्टर भन्दै प्रशंसा गरेका थिए । समाजको लागी एक उदाहरण डाक्टर रहदै आएको बताउदै नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष रानाले सम्मानित डाकटरलाई बधाईको साथै कार्यकालको शुभकामना समेत दिएका थिए । नगरपालिका क्षेत्रमा सबैले रुचाउका डाक्टर गगन चौधरी प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि दोधारा चाँदनीले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । डाक्टर चौधरी दिनरात जनताको स्वास्थ्यको ख्याल गर्दा गर्दै केही दिन अघि मात्रै उनि पनि कोरोना संक्रमण भएका थिए । १४ दिन आईसोलेसनमा उपचार पछि अहिले आएर डाक्टर चौधरीले कोरोनालाई जितेर फेरी आफ्नो कार्य क्षेत्रमा फर्केका छन् । सम्मान पाएप्ीछ डाक्टर चौध्।रीले आफुहरुलाई थप हौसला र जिम्मेवारी बढेको बताए ।

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा संचालित वडा नं. ६ को वडा स्तरिय जनजातीहरुलाई जनचेतना कार्यक्रममा वडाका किशोर, किशोरीको बाक्लो उपस्थिती रहेको थियो । वडामा जनजातीहरुलाई पर्दै आएका समस्या तथा निराकरणको बिषयमा समेत छलफल गरिएको थियो । अबका दिनहरुमा जनजातीहरु अझै संगठित हुदै बिकास निमार्णमा स्थानिय सरकारलाई सघाउने प्रतिबद्धता समेत कार्यक्रममा जाहेर गरिएको थियो । कार्यक्रममा भरत आले मगरको संयोजकत्वमा ११ सदस्यीय वडा नं. ६ वडा स्तरिय जनजाती समिती गठन गरिएको जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीले जनाएको छ् ।

जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापाको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए । अतिथीमा नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले जनताले रुचाएको डाक्टर भन्दै प्रशंसा गरेका थिए । समाजको लागी एक उदाहरण डाक्टर रहदै आएको बताउदै नेपाली काग्रेंसका नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष राना, वडा सदस्य भुवन आले मगर, नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका पुर्व अध्यक्ष होम बहादुर थापा मगर, जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका पदाधिकारी, स्थानिय जनजातीको बाक्लो उपस्थिती रहेको थियो ।






