कञ्चनपुर

प्रहरीले लागु औषध सहित चार युवकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट चरेश, ब्राउन सुगर सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले शंकास्पद व्यक्तिबाट चेकजाँच गर्ने क्रममा झोलुङ्गे पुल क्षेत्रबाट बेदकोट नगरालिका १०का पुष्पमणी थापा, महेश विष्टको साथबाट लागु औषध ब्राउन सुगर २ प्रगाम ४८०मिलिग्राम, चरेश एक ग्राम १५०मिमिग्राम बरामद गरिएको छ ।

भने झलारी क्षेृत्रबाट शुक्लाफाँटा नगरपालिका १० झलारीका विक्रम ठकुल्ला दिपेन्द्र सुनारको साथबाट ब्राउन सुगर ४५ प्याकेट ३.३०ग्राम र खुला ४.८०प्राम गरि ८.१०ग्राम सहित नगद ५४ हजार एक सय सत्तरी रुपैया र उक्त ओसारपोसारमा कार सहित पक्राउ गरिएको छ । चारै जना बिरुद्धमा लागु औषध ओसारपोसार अन्र्तरगत मुद्दा चलाईनेछ ।

