महेन्द्रनगर

सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले सनातन धर्म संस्कृति रक्षाको आब्हान गरेका छन । शुक्रबार महेन्द्रनगर आयोजित आमसभा सम्बोधन गर्दै सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले सनातन धर्म संस्कृति रक्षाको आब्हान गरेका हुन ।

सनातन संस्कृति समाज नेपालका नेता कृष्णानन्द भट्टले दलहरुले नेपालीको वास्तविक मौलिक धर्म संस्कृति बेचेको आरोप लगाए । उनले पनि सनातन संस्कृति रक्षाको आब्हान गरेका छन । घर घर व्यक्ति व्यक्तिबाट आफ्नो धर्म संस्कृतिको खोजी आवश्यक रहेको बताए ।







