सिहपाल विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थापा

 बाल्यकालमा जुन विद्यालयमा थापाले कखरा सिके युवा भएपछि त्यही विद्यालयको अध्यक्ष भए

कञ्चनपुर

कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ चवन्नीमा रहेको सिहपाल आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गजेन्द्र थापा (ग्याभी) चयन भएका छन । शिक्षा नियमावली अनुरुप अभिभावकबाट चुनिएर आएका बहुमत पदाधिकारी थापाको पक्षमा देखिएपछि उनी अध्यक्षमा चयन भएका हुन । उनीसंगै अभिभावकबाट सदस्यमा छनौट भएका स्थानीय युवा नरेश बहादुर शाह समेत अध्यक्षतका लागि प्रत्यासी थिए ।

सदस्यमा नरेश बहादुर शाहु, किरण भट्ट, मायादेवी सुनार, लक्ष्मी भुजेल, धनीराम राना चयन भएका छन । स्थानीय समाजसेवी समेत रहेका थापा नेकपा राष्ट्रिय युवा संघ कञ्चनपुरका सदस्य हुन । बाल्यकालमा थापा सोही विद्यालयमा कक्षा ५सम्म अध्ययन गरेका थिए । बाल्यकालमा कखरा सिकेका थापाले विद्यालय व्यवस्थापन समितिको नेतृत्व पाएसगै उनले विद्यालयको भौतिक एव शैक्षिक सुधारको प्रतिबद्ध्ता जाहेर गरेका छन ।

‘म यही विद्यालयमा अध्ययन गरेको हुँ, ‘अध्यक्ष थापाले भने, ‘पहिले हामी अध्ययन गर्दा धेरै विद्यार्थी हुन्थ्थे, आजभोली घटेका छन, ‘यस विषयमा पनि सोच्छु ।’ अभिभावकको विश्वास लिएर विद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक विकास गर्दै गाँउको सामुदायिक विद्यालयको स्तरबृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार