कञ्चनपुर

जिवन बिमा कम्पनी सूर्या लाईफ ईन्स्योरेन्सले ल्याएको ‘सूर्या चौरासी पुजा बिमा अन्र्तरगत कञ्चनपुरमा समेत लागु भएको छ । कञ्चनपुरकी महिला लक्ष्मी भट्टले सूर्या लाईफ ईन्स्योरेन्स झलारी शाखाबाट ‘सूर्या चौरासी पुजा बिमा’ गरेकी छिन । सूर्याको यो नयाँ बिमा योजना हो । सूर्या लाईफ ईन्स्योरेन्स झलारी शाखा प्रमुख शारदा पनेरुले बिमा गर्ने व्यक्तिले बिमा अवधि पुगेपछि ६प्रतिशत पेन्सन बाफत रकम पाउने बताईन ।

उनले जोखिम रक्षा र रक्षावरण योजना रहेको बताईन । ८२बर्ष पुरा भएपछि एकमुष्ठ १५० प्रतिशत बिमाङ्ग रकम पाउनेछ । १६ बर्षदेखि ६० बर्ष पेन्सन योजना अनुरुपको योजनाले बृद्धआश्रम जानुपर्ने बाध्यता हट्ने उनले बताईन । यसैविच सूर्या लाईफ ईन्स्योरेन्स शाखा झलारीले एनेन्सी म्यानेजर भागरथी राना, बविता जोशीलाई हिरोअफ द मन्थ घोषणा गर्दै सम्मान गरेको छ । भने बबिता जोशी(चटौत), गिता डगौरा, देवकी तिवारी, निर्मला भट्ट, पुजा चौधरी, पार्वती चन्दलाई समेत सम्मान गरेको छ ।

सूर्या लाईफ ईन्स्योरेन्स झलारी शाखा प्रमुख शारदा पनेरुले उनीहरुलाई खाता ओढाएर सम्मान गरेकी थिईन । भने अपरेशनल इन्चार्ज कविराज भट्टले कार्यक्रम संचालन गरेका थिए । जोखिम न्यूनिकरणका लागि जिवन बिमा महत्वपूर्ण हुन्छ ।
