लैङ्गिक समानताका लागि घरायसी कार्यमा पुरुष सहभागीतामा जोड

महेन्द्रनगर 

लैङ्गिक समानता अन्र्तगत घरायसि स्याहार सुहार कार्यमा पुरुषको सहभागिता रहनुपर्ने जोड दिईएको छ । महेन्द्रनगरको मदनभण्डारी स्मृती आधारभूत विद्यालयमा आयोजित एक वक्तित्व कला प्रतियोगिताका सहभागीले घरायसि कार्यमा पुरुषको सहभागीता रहनुपर्नेमा जोड दिएका हुन् । उनिहरुले घरायसि कामकाज विशेष गरि स्याहारसुहार कार्यमा पुरुषले पनि जिमेवारी लिनु पर्ने बताएका छन् । अधिकांश पुरुषले घर बाहिरको काममा मात्रै ध्यानदिने भएकाले घरानयसी काममा पुरुषले पनि जिम्मेवारी लिनुपर्ने उनीहरुले धारणा राखेका हुन् । अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले गत शुक्रबार स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजन अन्र्तगत वक्तित्व कला प्रतियोगिताको आयोजना गरिएको थियो ।

लैङ्गिक समानता अन्र्तगत घरायसी कार्यमा पुरुषको समानता विषयक वृक्तित्व कला प्रतियोगितामा विभिन्न विद्यालयका सुकुम्बसी परिवारका विद्यार्थीको सहभाीता रहेको थियो । ‘हाम्रो घर, समाजमा महिलाले मात्रै घरको काम गर्नुपर्छ भन्ने धारणा छ’ प्रतियोगितमा प्रथम स्थान हासिल गरेकी कोसिश उराउले भनीन् यस्तो परम्परागत धारणालाई सबैले त्याग्नुपर्छ, घरायसी कामकाग र स्याहारसुहारमा पुरुषले पनि जिम्मेवारी लिनुपर्छ ।’ जनचेतनासँगै महिला आफैलेपनि सशक्त रुपमा लाग्नुपर्ने उनको भनाई छ । त्यस्तै प्रतियोगितामा साधारणकै कक्षा १२ मा अध्ययरत लक्ष्मी शाह द्धितिय र कक्षा ८ मा अध्ययरत रेनुका चौधरी तृतिय स्थान प्राप्त गरेका थिए । महिला र पुरुषलाई एकरथका दुई प्राङगा्र भनिन्छ तर सामाजिक रुपमा विभेद गरिन्छ विद्यार्थी लक्ष्मी शाहले भनिन् महिलामाथि हुने विभेदविरुद्ध विद्यार्थीलाई पनि सिकाउनुपर्छ, यस्ता कार्यक्रमले विद्यार्थीहरुमा जनचेतनाको विकास हुन्छ । घरायसी काममा पुरुष सहभागीतालाई बढाउनु पर्छ ।’

परम्परागत सोच र अशिक्षाका कारण महिलालाई घरायसी कार्यमा मात्रै सिमित राखिएकाले महिलालाई सामाजिक रुपमा अगाडी बढाउनु पर्ने उनको भनाई छ । त्यस्तै विद्यार्थी रेनुका चौधरीले पनि घरायसी कार्यमा पुरुष सहभागीता हुनुपर्नेमा जोड दिईन् । उनले महिलाले पनि अवसर पाएमा सबै काम गर्न सक्ने बताउँदै ‘महिला पुरुष दुवै समान हुन्, महिलालाई घरायसी काममा सिमित राख्दा उहाँहरु अवसरबाट बञ्चित भएका छन् । पुरुषले पनि घरायसी काममा सघाउनु पर्छ । बाहिर अवसर दिनुपर्छ’ भीमदत्त नगरपालिका–१८ को सालघारी क्षेत्रका सुकुम्बासी परिवारका बालबालिकालाई लक्षीत गरि वक्तित्व कला प्रतियोगिताको आयोजना गरिएको स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजनका संयोजक प्रयागराज रेग्मीले बताए । उनका अनुसार विद्यार्थी बालबालिकालाई लैङ्गिक समानताका लागि घरायसी व्यवहार सिकाउन प्रतियोगिताको आयोजना गरिएको हो ।

ताजा समाचार