राष्ट्रिय प्रजातन्त्र पार्टी वडा विस्तारमा वडा नं. १४ मा वडा समिति गठन

महेन्द्रनगर

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्येक वडामा समिति गठनलाई तिब्रता दिएको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुर जिल्लामा पनि विभिन्न वडामा वडा कमिटी गठन गरिरहेको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले भीमदत्त नगरपालिकाको वडा नं. १४ मा वडा समिति विस्तार गरेको छ । एक कार्यक्रमका बीच वडा नम्बर १४ मा दान बहादुर कार्कीको अध्यक्षतामा २५ सदस्सीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा सीताराम जोशी, सचिवमा प्रेम बहादुर खाती, कोषाध्यक्षमा प्रकाश नेगी रहेका छन् भने सह–सचिवपछि थप्ने निर्णय गरेको छ । त्यसैगरी सदस्यहरुमा जय बहादुर ऐडी, शंकर साउँद, हरेन्द्र खत्री, भीम बहादुर खड्का, किसन ब. चन्द, अम्मर खाती, पुष्पराज जोशी, लालवीर दमाई लगायतका २० सदस्य चयन गरेको छ ।

पार्टीका वडा अध्यक्ष दान बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको वडा समिति विस्तार तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय कार्य सम्पादन समिति सदस्य धर्मराज जोशी रहेका थिए भने विशिष्ट अतिथी केन्द्रीय सदस्य दशरथ जोशी रहेका थिए । कार्यक्रमको सञ्चालन खगेन्द्र प्रसाद भट्टले गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय कार्य सम्पादन समिति सदस्य धर्मराज जोशीले नव गठित कमिटीलाई बधाई दिदै देशको वर्तमान अवस्था र राप्रपाले खेल्नुपर्ने भूमिकामा जोड दिए ।

उनले विगत ३० वर्षको इतिहासमा कांग्रेस र कम्युनिष्टले देशलाई चलाउन असफल भएको बताउँदै राष्ट्रवादी शक्ति राप्रपालाई बलियो बनाउन कार्यकर्तालाई आग्रह गरे । त्यसैगरी विशिष्ट अतिथी दशरथ जोशीले देशमा व्याप्त विषम परिस्थिति कांग्रेस र कम्युनिष्टका कारण आएको बताउँदै अवका दिनमा राष्ट्रवादी शक्ति राप्रपालाई गाउँ–गाउँबाट जिताउन कार्यकर्तालाई प्रत्येक टोल–टोलमा खटिन आग्रह गरे । हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको आवश्यकतामा नेता द्वयले जोड दिए । कार्यक्रममा राप्रपा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा समाचार