नदीजन्य पदार्थ व्यवस्थापनको अभ्यास र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर

नदीजन्य पदार्थ व्यवस्थापनको अभ्यास र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालले नदीजन्य पदार्थ व्यवस्थापनको अभ्यास र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भीमदत्तनगरपालिकाको वडा नं. ११ मा वातावरणका विभिन्न आयामहरु र वातावरण सम्बन्धि विभिन्न निति नियम, कानुनमा स्थानीय सरकारको भूमिकाको बारेमा सरोकारहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कञ्चनपुरको दुई वटा नगरपालिका जसमा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सञ्चालित कार्यक्रममा यहाँका स्थानीय तथा सरोकारवालालाई नदीबाट हुने उत्खनन् र यसबाट कसरी लाभ लिन सकिन्छ, जथाभावि उत्खनन्ले कसरी जोखिम हुन्छ भन्ने बारे यस संस्थाले जानकारी दिदै आएको छ भने उक्त अभिमुखीकरण कार्यक्रममा कानुनी व्यवस्था बारे जानकारी गराईको थियो । वडा नं. ११ का अध्यक्ष प्रेम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालका अध्यक्ष तथा लम्की चुहा नगरपालिकाका कार्यपालिका सदस्य उजुर सिह सुनार, धनगढी उप महानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थी लगायत वडा सदस्य र सरोकारवालको उपस्थिती रहेको थियो ।

्अभिमुखीकरण कार्यक्रमका धनगढी उप महानगरपालिकाका वातावरण अधिकृत अवस्थीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन ममत्ता रावलले गर्नु भएको थियो ।

ताजा समाचार