संसद नर बहादुर धामीको विषेश पहलमा बंक दोमिल्ला नायल सडक विस्तार हुँदै

कञ्चनपुर

भित्रिमधेश भएर कञ्चनपुरदेखि डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो दुरीको सडक विस्तार भईरहेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ फागुन दोस्रो सातादेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका १ वण्ड भएर डोटीको नायल जोड्ने सडक विस्तार भईरहेको हो । पाँच बर्ष अघि आर्थिक बर्ष २०७२/०७३ सालमा सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट वंक दोमिल्ला नायक बुडर सडक विस्तारका लागि ठेक्का भएको सडकको काम रुखको कटानी आदेश नपाएका कारण रोखिएको थियो । सडक निर्माणको कोषि एण्ड न्यौपाने/बन्दन भगवती जेभीले ठेक्का भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित संसद नर बहादुर धामीकै विषेश पहलमा उक्त सडक विस्तार भएको हो, पाँच बर्षसम्म रोकिएको काम संसद धामीकै पहलमा शुरु भएको स्थानीय जनप्रतिनिधी बताउँछन ।

मंगलबार एक कार्यक्रमका विच संसद नर बहादुर धामीले उक्त सडकको शिलान्यास गरेका छन । सोसंगै स्थानीय जनता हर्षित भएका छन । कृष्णपुर नगरपालिका १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले ससद धामीकै पहलमा सडक विस्तार भएको बताउदै उनले यो सडकको जस संसद् धामीलाई जाने बताए । दोमिल्लाका स्थानीय मंगल सिह धामीले संसद नर बहादुर धामीले तीन बर्षअघि हामीहरुसग चुनावका बेला यो सडक विस्तार गर्ने बचन दिएका थिए, सोही बमोजिम आज आएर उद्घाटन गरिएको बताए । ‘यस अघि यहाँबाट चुनाव जितेकाले हामीलाई झुटको आवश्वासन दिए ढाँटे, तर ‘गरिब र जनताका लागि अहोरात्र खटिने संसद धामीले प्रतिबद्धता अनुसारै काम गरेको हामीले पाएका छौँ, हामी उनको पार्टीको मान्छे होईन, तर कामको मुल्याङकन गरेका हौँ ।’ उनले संसद धामीले चुनावका बेला गरेका बाचा अनुरुप काम नगरेर उनलाई पनि पछि नमान्ने तर अहिलेसम्म गरेकाले तारेफ गरिरहेको बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीले सडक छेउछाउका रुख काट्ने र ट्याक खोल्नका लागि ठेक्का भईसकेको बताए ।

तीन करोड ७८लाखमा ठेक्का सम्झौता भएको सडकको साढे ९ किलोमिटर ट्याक खोलिने र २०किलोमिटर क्षेत्रमा पर्ने रुख काटेर व्यवस्थापन गरिने बाँकी साढे ९ किलोमिटर सडकको ट्याक खोलिने छ । हाल साढे पाँच मिटर चौडाई सडक विस्तार गरिनेछ । चालु आर्थिक बर्षको फागुनमा ठेक्का सम्झौता सकिएपनि मन्त्रीपरिषद्को निर्णयबाट कोडिभका कारण थलिएको योजना संचालनका लागि ६ महिना म्याद थप हुने भएकाले चालु आर्थिक बर्षभित्रै काम सम्पन्न हुने बताए । वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन वन मन्त्रालयबाट स्वीकृत भएर सडकको काम अघि बढेको उनले बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय बिक्रम मानन्धरले सडकमा पर्ने झण्डै एक ४ सय ६६ रुखमध्ये १ एक हजार ३ सक्ष् ७८ रुख कटानीका लागि आदेश भएको बताए ।४४ हजार क्यूफिट काठ र ३६ हजार क्यूफिट दाउरा संकलन हुने प्रमुखले बताए । ‘एक रुख काट्दा २५ रुख रोप्नुपर्छ, ‘उनले भने, ‘सो कार्यका लागि आयोजनाको जिम्मा लिने कम्पनीले गर्नुपर्छ ।’ कृष्णपुर नगरका प्रमुख कर्ण हमालले विकास निर्माणको काममा समन्वय आवश्यक रहेको बताए । ‘पहिले सडकमा पर्ने रुखको कटानी पाईएको थिएन, अहिले पाईएको छ, ‘मेयर कर्ण हमालले भने, ‘वनबाट सडकमा पर्ने रुख कटानीका लागि आदेश पाएपछि काम शुरु भएको छ ।’

पहिले संघमा रहेको सडक कहिले प्रदेश कहिले संघ हाल प्रदेशमै हस्तान्तरण भएपछि प्रशासनिक कार्य गर्न असहज भएको मेयर हमालले बताए । सडक विस्तारसंगै छोटो समयमै कञ्चनपुरबाट डोटी डडेल्धुरा सहितका सुदूरका पहाडी जिल्लामा आवत जावत गर्न सकिने बताए । कोषि एण्ड न्यौपाने/बन्दन भगवती जेभीका संचाकल यज्ञ बैजले तोकिएको समयमा काम शुरु गरि सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । संविधान सभा सदस्य हरिस क्षेत्री(कमल ठकुल्ला)ले आफु जिल्ला विकासको प्रतिनिधी हुँदा उक्त सडकबारे पटकपटक आवाज उठाएको बताए । बषौँ अघि शुरुवात गरिएको काम ढिलै पनि शुरु भएकोमा खुसी व्यक्त गरे । सडक विस्तारसंगै कञ्चनपुरको आर्थिक, समाजिक एव साँस्कृतिक विकास हुने सो निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नर बहादुर धामीले बताए । संसद धामीले आफ्नै पहलमा विगत पाँच बर्षदेखि रोकिएको काम शुचारु भएको बताए । ‘यो सडकको ठेक्का भयो, तर सडकमा पर्ने रुख कटानी पाएको थिएन, लामो समयदेखि काम रोकिएको थियो, ‘उनले भने, ‘आज आएर वनले रुख काट्नका लागि स्वीकृत दिएको छ, अब काम अघि बढ्छ ।’ उक्त सडक विस्तारसंगै कञ्चनपुरबाट डोटीको बुडर पुग्न एक घण्टा मात्रै लाग्ने, नायल तालको समेत विकास हुने बताए । ससद धामीले जनताका जनजिविका एक हरेक सवालमा कटिबद्ध हुने बताए ।

ताजा समाचार