महेन्द्रनगर

भीमदत्त नगरपालिका–१३ भुजेला देखि झुलुङ्गे पुल सम्मको महाकाली नदीमा ¥याप्टीङ सेवा सञ्चालनमा आएको छ । कोभिड–१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई पुनरजागरण गराउन आईतबारदेखि महाकाली ¥याप्टिङ एण्ड रिसोर्ट प्रा.ली.ले महाकाली नदीमा ¥याप्टिङ सेवा सञ्चालनमा ल्याएको हो । महाकाली नदीमा सञ्चालनमा ल्याईएको ¥याप्टिङले सुदूरपश्चिमको पर्यटनको विकाशमा टेवा पु¥याउनुको साथै देशकै समृद्धिमा सहयोग पुग्ने ¥याप्टिङ एण्ड रिसोर्ट प्रा.लीले जनाएको छ ।

¥याप्टिङ एण्ड रिसोर्ट प्रा.ली गजेन्द्र चन्द, करन पाल र सञ्जय भट्टले संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन । ¥याप्टिङ एण्ड रिसोर्ट प्रा.लीले ¥याप्टिङको गर्न चाहनेको लागि ¥याप्टिङ प्याकेज लिएको प्रालिका संञ्चालनक करन सिह पालले बताए । ‘¥याप्टिङ गर्न चाहनेको लागि हामिले दुई प्याकेज बनाएका छौ ।’ संचालक पालले भने ‘आठ जनाको र पाँच जनाको प्याकेज रहेको छ । आठ जनाको प्याकेजकोलागि आठ हजार रुपयाँ लाग्ने र पाँच जनाको प्याकेजकालागि ३ हजार खर्चमा ¥याप्टिङको मनोरञ्जन लिन सक्नेछन ।’ ¥याप्टिङ गर्न चाहने पर्यटकका लागि महाकाली नदिसम्म र महाकाली नदीदेखि महेन्द्रनगरसम्मकालागि यातायात सेवा पनि रहेको कम्पनीका अर्का सञ्चालक गजेन्द्र बहादुर चन्दले बताए ।

‘¥याप्टिङ गर्न चाहने पर्यटकलाई शुल्क लिएर यातायात सेवा दिएका छौँ ।’, संञ्चालन चन्दले भने ‘महेन्द्रनगरको होटेल अतिथिदेखि महाकाली नदीसम्म र महाकाली नदी देखि महेन्द्रनगर बसपार्क स्थीत होटेल अतिथिसम्मकालागि कालागि एक हजार रुपयाँमा यातायात सेवा रहेको छ ।’ रिसोर्ट र ¥याप्टिङसेवा सञ्चालनमा झण्डै १५÷१६ लाखको लगानी लागेको संचालनक सञ्जय भट्टले बताए । झण्डै १० जनालाई रोजगारी दिईने सञ्चालन पालले बताए । ¥याप्टिङ सेवा संचालन आईतबारबाट आएता पनि औपचारीकरुपमा मंगलबारमात्रै उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले ¥याप्टिङको सेवा भोग गरेर उद्धघाटन गरेका छन । उक्त औपचारिक उद्धघाटन कार्यक्रममा पत्रकारहरुको सहभागिता रहेको थियो ।
