प्रधानमन्त्रीद्वारा दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास


कञ्चनपुर,
प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले आज फागुन १० गते सोमबार एक कार्यक्रमका साथ औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। वि.स २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि २ लाख बजेट समेत विनियोजन गरिएको थियो। मनमोहन अधिकारी प्रधानमन्त्री बनेको त्यो बेलाको सरकार नौ महिना मै ढल्न पुग्यो र भौतिक निर्माण कार्य अगाडि बढ्न भने सकेको थिएन। औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, ठुला र मझौला गरी १ सय भन्दा धेरै उद्योग स्थापना हुने छन् जसबाट २२ हजारले प्रत्यक्ष रोजगार पाउने छन् भने १ लाख भन्दा धेरैले अप्रत्यक्ष रुपमा रोजगार पाउने छन्।
उद्योगी क्षेत्र विस्तारका क्रममा नौ अर्ब लागतमा पाँच वर्षभित्र उक्त औद्योगिक क्षेत्र निर्माण हुने भएता पनि औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ।
त्यसमा सय वटा पलोट गरि उद्योग संचालनको पहिलो आसय पत्र मागेर पाच वर्षका लागि दिने व्यवस्था समेत रहेको छ।
यस अघिनै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी वि.स २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको र दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो। आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा वि.स २०७२ चैत्र १ गते सातै प्रदेशमा औद्योगिक क्षेत्र खोल्ने निर्णय समेत गर्नु भएको थियो। त्यसपछि आव वि.स २०७१/०७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य लाई निरन्तर अगाडि बढाएको हो। नेपालमा औद्योगिक क्रान्तिको युगको सुरुवात हुँदै विकासको दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश औद्योगिक हपको रुपमा दैजी छेला लाई बिकास गरिन लागेको हो। यो संगै अर्को नौवस्ता औद्योगिक क्षेत्रको बाकेमा फागुन ११ गते शिलान्यास गरिनुका साथै सबै भन्दा ठुलो औद्योगिक क्षेत्र समेत हुनेछ ।

ताजा समाचार

spot_img