कञ्चनपुर,
चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । आइतबारदेखि ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको हो । सुदूरपश्चिमको लोक साँस्कृतिक कार्यक्रम सहित दिवस उद्घाटन गरिएको थियो ।
एक समारोहका विच शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिसरमा महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री प्रेम आलेले महोत्सवबाट निकुञ्जको पर्यटन विकासमा हुने बताए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले यस क्षेत्रको पर्यटन विकासका लागि बन्द रहेको मझगाँउ बिमानस्थल शुचारुका साथै हवाई टिकट घटाउनुपर्नेमा जोडदिए ।
विघठित प्रतिनिधी सभा सदस्य निरुदेवी पालले महोत्सवबाट यस क्षेत्रको पर्यापर्यटकिय विकासमा अपेक्षा राखे ।
भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले कोरोनाले थलिएको पर्यटन विकासका लागि महोत्सव आयोजना गरिएको बताए । उपाध्यक्ष चन्दाका अनुसार सात दिनसम्म हुने महोत्सवमा विभिन्न कार्यक्रम गरिने बताए ।





‘यस बर्ष कोरोनाका कारण भड्किलो बढि भिडभाँड गर्न नसकिने हिसाबले दिवस मनाउन लागेका छौँ, ‘उनले भने, ‘विद्यार्थी माँझ दिवस मनाउँछौँ ।’ दोस्रो दिन आज (मंगलबार) जलवायु परिर्वतन न्यूनिकरणका सम्बन्धमा विश्वलार्ई नै सन्देशदिने गरि साईकल प्रतियोगिता हुने उपाध्यक्ष चन्दले बताए । उनका अनुसार एसियाकै दोस्रो लामो झोलुङ्गेपुलदेखि बन्द रहेको मझगाँउ विमानस्थलसम्म साईकल प्रतियोगिता हुनेछ । तेस्रो दिन (बुधबार) पर्यटन र संरक्षण सम्बन्धी विद्यालय स्तरमा खुला वक्तृत्वकला प्रतियोगिता हुनेछ ।



चौथो र पाँचौँ दिन कार्यापालिका सदस्य पर्यटन व्यवसायी, टुर एण्ड ट्राभल्स, जेष्ठ नागरिक एकल महिलालाई निकुञ्ज भ्रमण गराईने छ । छैटौँ दिन राष्ट्रिय जविनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई हात्ति सफारी तथा निकुञ्ज भ्रमण गराईनेछ । भने अन्तिम सातौँ दिन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिनेछ ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोनाका कारण एक बर्षदेखि मानिस घरबाट बाहिर जान नसकेको सन्दर्भमा आन्तरिक पर्यटनका लागि समेत शुक्लाफाँटा महोत्सव आयोजना गरिएको बताए ।


महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार हुने छ । कोरोना नियन्त्रणमा आएसंगै नगरपालिकाले आर्थिक सम्बृद्धि र विकासका लागि पर्यटन क्षेत्रका सम्भावना अघि बढाउँदै लैजाने मेयर विष्टको भनाई छ ।
मेरयर विष्टले महोत्सवबाट शुक्लाफाँटा सहित यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखे । महोत्सव उद्घाटन गर्दै मन्त्री आले सहितका पदाधिकारीले शुक्लाफाँटा निकुञ्जको समेत भ्रमण गरेका थिए ।





