पुनर्वास

मानव बेचबिखनको अखडा मानिने पुनर्वासमा निड्स नेपाल नामक संस्थाले सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
शुक्रबार पनि कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजारमा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका लागि युवा परिचालन कार्यक्रम गरेको हो । निड्स नेपालकी सह–सचिव दुर्गा खरेलको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा निड्स नेपालकै कार्यकारी प्रबन्धक प्रकाश मडै प्रमुख वक्ता रहनुभएको थियो ।

कार्यक्रमलाई प्रकाश पार्नुहुँदै कार्यकारी निर्देशक मडैले अन्य प्रदेशका मान्छेहरुको आवागमन तथा मानव ओसारपोसार हुने क्षेत्र पनि पुनर्वास भएकाले सम्बन्धित सिमाबस्तीका स्थानियहरु सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले मानवबेचबिखन सम्बन्धि निड्सले सचेतना कार्यक्रमको सुरुवात गरेको हुँदा अब यसैलाई यथावत राखी निरन्तर यस्ता कार्यक्रमहरु गर्न सिमाबस्तीका स्थानियहरुलाई अनुरोध पनि गर्नुभएको थियो । मन्तव्यको क्रममा दुर्गा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यपक ईन्द्रजित अधिकारीले सिमा क्षेत्रका बस्तीहरुमा समय समयमा यस्ता सचेतनामुलक कार्यक्रम आयोजना गरिदिए मानव बेचबिखन र अप्रवासन रोकिने बताउनुभयो । त्यस्तै पुनर्वास मानवबेचबिखन तथा ओसारपोसार नियन्त्रण समितिकी सदस्य मिरा चन्दले यस्ता अभियान सफल गर्न युवाहरुको अतुलनिय भुमिका रहने बताउनुभयो ।

उहाँले यस्ता गलत गतिविधि नियन्त्रणमा नगरपालिका अन्तर्गतको समितिहरु पनि अग्रसर रहेको भन्दै यसमा स्थानियहरुको पनि साथ सहयोग आवश्यक रहने बताउनुभयो । सोहि वडामा रहेको दुर्गा आधारभुत विद्यालयका बिद्यार्थीहरु ,महिला समुह ,क्लबका पदाधीकारी , बिभिन्न संघसंस्थाहरुका प्रतिनिधि,सुरक्षाकर्मी,शिक्षक,अपाङ्ग समुह , बजार समितिका पदाधिकारी र स्थानियहरुको सहभागितामा सुरु भएको अभियानमा मानवबेचबिखन नियन्त्रण सम्बन्धी विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहितको साईकल ¥याली आनन्द बजार पुगेको थियो । आनन्द बजारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै समापन भएको कार्यक्रमको सञ्चालन संस्थाकी एफएम बसुन्धरा बस्नेतले गर्नुभएको थियो ।
