भूमिहिन नागरिकलाई जमिनको मालिक बनाउन बेलडाँडीमा काम शुरु


कञ्चनपुर
भूमिहिन नागरिकलाई जमिनको मालिक बनाउन कञ्चनपुरको बेलडाँडीमा काम शुरु भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत बेलडाँडी गाँउपालिकामा समेत भूमिहिन नागरिकको लगत संकलन कार्य शुरु भएको छ ।
बेलडाँडी गाँउपालिकाले पाँचै वडा मार्फत भूमिहिन नागरिकको लगत संकलन शुरु गरेको छ । भूमिहित दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यमा कर्मचारी खटिएका छन । गाँउस्तर र वडा स्तरमा लगत संकलन इकाई गठन गर्र्दै भर्ना गरिएका गणक मार्फत चारदिनदेखि काम भईरहेको गाँउपालिकाले जनाएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको हकमा छुट्टाछुट्टै फारम भरिने कार्य भईरहेको बताए । उनका अनुसार २ नम्बर वडामा ४ र अन्य वडाहरुमा ३ जनाका दरले गणक खटिएका छन । ‘हामीले कार्यविधी अनुरुप काम गर्न गणकहरुलाई निर्देशन दिएका छौँ, ‘प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘इमान्दारितापुर्वक डाटा संकलन संकलन गर्नुहोला ।’ गाँउपालिकाका पाँचै वडाबाट काम भर्ईरहेको बताए । कुनै विवाद आएमा पालिका र वडा स्तरबाटै समाधान गरिने उनले बताए ।

बेलडाँडी गाँउपालिका युवा जनप्रतिनिधी एव लेखा समिति संयोजक शंकर भट्टले विगतमा आफुहरुले जनतासंग गरेको बाचा पुरा हुने पहिलो चरणमा प्रवेस गरेको बताए । ‘हामीले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप यो पहिलो चरणको काम पुरा हुँदैछ, ‘उनले भने, ‘भूमिहिन जनतालाई जमिनको मालिक बनाईने कार्यको पहिलो खुटकिलो हो, त्यसैले सबै पक्षबाट सकारात्मक सोचविचारका साथ अघि बढ्नुपर्छ ।’ बेलडाँडी गाँउपालिका प्रवक्ता अम्मर बहादुर खत्रीले गाँउपालिकाका सबै वडाहरुबाट भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन भईरहेको बताए । ‘यो ऐतिहासिक कार्य र यसमा सबै पक्ष ईमान्दार हुनुपर्छ, ‘उनले भने, ‘हामी जनप्रतिनिधीदेखि, कर्मचारी र जनतामा ईमान्दारिता चाहिन्छ ।’ प्रवक्ता खत्रीले वर्तामान आयोग मार्फत भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान भएपनि आरक्षपीडितको हुने नदेखिएकाले छुट्टै आयोग मार्फत हुनुपर्नेमा जोडदिए ।

बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले पाँच वटै वडाका अध्यक्ष एव जनप्रतिनिधीलाई फारम हस्तान्तरण गर्दै घर घरमा पुगेर जनताको लगत संकलनका खटिन आब्हान गरेका छन । सबै भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोकासीको घर घरमा पुगेर लगत संकलन गर्न गाँउप्रमुखले कर्मचारीलाई निर्देशन समेत दिनुभयो । ‘हामीले चुनावका बेलामा समेत बेलडाँडीका भूमिहिन जनतालाई जमिनको मालिक बनाउने र हरेक जनतालाई लालपुर्जा दिने योजना अघि सारेका थियौँ, ‘उनले भने, ‘अहिले त्यो कामको आरम्भ भएको छ ।’ चुनावका बेला जनतासंग बोलेका गरेका बाचा पुरा गर्ने पथमा लागेको बताउदै अध्यक्ष थापाले यस कार्यमा सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताए । अध्यक्ष थापाले जनताको आश्वकता र जनप्रतिनिधीको चाहना अनुरुप बेलडाँडीका जमिन बिहिन सुकुमबासी, भूमिहिन दलित जमिनका मालिक बन्ने र अव्यवस्थित बसोबासी जो जमिन भएर पनि लालपुर्जा नपाएका उनीहरुलाई लालपुर्जाको मालिक बनाईने बताए ।

कुल पाँच वडा रहेको गाँउपालिकामा भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी सबैको समस्या समाधान गरिने अध्यक्ष थापाको भनाईछ । गाँउपालिकाले भूमिहिन नागरिकको तथ्याङ्क संकलन गर्न अघि बढाएसंगै स्थानीय हर्षित भएका छन । बेलडाँडीकी स्थानीय पदमा सुनारले चुनावका बेला बेलडाँडीका जनप्रतिनिधीले जनतासंग बोलेका बाचा पुरा गर्नका लागि कार्य शुरुवात भएको बताईन । ‘उतिबेला हामीसंग स्थानीय सरकारका जनप्रतिनिधीले भोट दिनुहोस, लालपुर्जा दिन्छौँ भनेका थिए, ‘अहिले त्यो कामको थालनी भएको छ, अधुरो नहोस पुरै हुनुपर्छ ।’


ताजा समाचार

spot_img