परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा लगाएको तालाबन्दी खुल्यो

दुर्गालक्ष्मी क्याम्पसमा नै हुने स्नातक तह तेस्रो बर्षको परीक्षा


अत्तरिया
क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा लगाएको तालाबन्दी खुलेको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्यनरत बिधार्थीहरुले गरेको तालाबन्दी १२ दिनपछि खुलेको हो ।
यही फागुन १० गते देखी संचालन हुन लागेको स्नातक तह तेस्रो बर्षको परीक्षा केन्द्र गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसमा सार्ने भनेपछि बिधार्थीहरुले असहमती जनाउदै गएको माघ २५ गते परीक्षा नियन्त्रण कार्यालय मुल ढोकामा तालाबन्दी गरेको विद्यार्थी सुधिर बलायरले बताएका छन् । उनका अनुसार कैलालीको खानीडाँडाँ, बुढितोला, चौमाला लगायतका अन्य ठाउबाट गुलरिया सम्म पुग्न टाढा पर्ने भन्दै त्रिभुवन विश्वबिद्यालय अन्तरगतका विद्यार्थीहरुले एक बिज्ञप्ती जारी गर्दै परीक्षा केन्द्र दुर्गालक्ष्मी नै राख्न माग गरेका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले आफुहरुको मागलाई सम्बोधन गर्दै दुर्गालक्ष्मी बहुमुखि क्याम्पस अत्तरियामा नै परिक्षा केन्द्र रहने सुचना निकालेपछि तालाबन्दी खोलिएको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका बिधार्थी बलाएरले ईसुदूर दर्पण डट कम लाई जानकारी दिएका छन् । स्नातक तह तेस्रो बर्षको परीक्षा अत्तरियाको दुर्गालक्ष्मी क्याम्पसमा नै हुने क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयको सुचनामा उल्लेख गरिएको छ ।

ताजा समाचार

spot_img