दोधारा चाँदनीमा क्रियाशिल माईती नेपाल : निमार्णधिन महाकाली पक्की पुलबाट एक चेलीको उद्धार


दोधारा

निमार्णधिन महाकाली ४ लेनको पक्की पुलबाट माईती नेपाल र नेपाल प्रहरीले दोधारा चाँदनीको खुला सिमा क्षेत्रबाट भारत जान लागेको एक महिलालाई उद्धार गरिएको छ् । आज बिहान महेन्द्रनगरबाट मोटरसाईकल चढेर भारत जाने लागेको अवस्थामा दाङको बिजोरीयाका एक महिलालाई माईती नेपाल र नेपाल प्रहरीको एक टोलीले अबैध बाटो प्रयोग गरेको भन्दै उद्धार गरि फिर्ता पठाएको छ् । उनलाई शंकाका आधारमा माईती नेपालले रोकेको थियो । उनलाई परामर्श गरि परिवार संग सम्पर्क गरि घर फिर्ता पठाईएको हो । भारतिय नम्वर प्लेटको मोटरसाईकल (मुन्द्रे यातायात) चढेर भारत जान लागेको अवस्थामा महाकाली ४ लेनको पक्की पुलमा माईती नेपाल एक टोलीले रोकेको हो । उक्त महिला आफ्नो शैक्षिक कागजात लिन भारतको नैनिताल जान लागेको बताएका छन् । गड्डाचौकीबाट भारत जानको लागी कागजात खोज्ने तथा बढी रोकटोक हुने हुदा आफ्नो सहजताको लागी दोधारा चाँदनीको खुला सिमा क्षेत्र प्रयोग गर्न लागेको उनले बताएका छन् ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले आज बिहान भारतिय मोटरसाईकलमा सवार दाङका एक महिलालाई दोधारा चाँदनीको खुला सिमा क्षेत्रबाट भारत जान लागेको अवस्थामा शंकाको आधारमा रोकेको बताएका छन् । उक्त महिलालाई अबैध बाटो प्रयोग गरेको भन्दै सोधपुछ तथा परामर्श पछि महिलालाई उचित परामर्श सहित घर परिवार संग सम्पर्क गरि फिर्ता गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । माईती नेपाल कञ्चनपुरले केही दिन देखि निमार्णधिन महाकाली ४ लेनको पक्की पुलबाट मानव तस्करी भईरहेको खबर पाएपछि उक्त स्थानमा आफ्नो मोवाईल चेक पोष्ट संचालन गर्दै आएको बताईएको छ् । उक्त स्थानमा माईती नेपालले पक्की पुल नजिकका स्थानियहरुलाई भेटघाट गरि मानव बेचबिखन बिरुद्ध जानकारी सहित पर्चा पम्पलेट समेत बितरण गर्दै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले अबैध बाटो भएर भारत छिर्न लागेको दाङका एक महिलालाई माईती नेपाल र नेपाल प्रहरीले नेपाल फिर्ता पठाएको बताएका छन् । उक्त महिला गड्डाचौकीको बाटो प्रयोग नगरेर दोधारा चाँदनीको खुला सिमाबाट भारत जान लागेको प्रहरी निरिक्षक बमले बताए । ‘उनि भारतको नैनिताल स्थित एक शैक्षिक संस्थामा आफ्नो शैक्षिक कागजात लिन जान भनेर दोधारा चाँदनीको खुला सिमाबाट भारत जान लागेको बुझिएको छ्’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले भने । चेलीबेटी बेचविखन रोकथामको क्षेत्रमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले पछिल्लो समय आएर निमार्णधिन महाकाली पक्की पुल हुदै दोधारा चाँदनीको खुला सिमा क्षेत्र मानव तस्करी भईरहेको सुचनाको आधारमा निमार्णधिन महाकाली पक्की पुलमा माईती नेपाल कञ्चनपुरले आफ्नो मोवाईल टोली परिचालन गरेको छ् । महाकाली झोलुङ्गे पुलबाट माईती नेपाल कञ्चनपुर र प्रहरीले थुप्रै भारत जान लागेको महिला तथा बालबालिकालाई परामर्श सहित उद्धार गरि घर फिर्ता पठाएको हो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण सिमा क्षेत्र कडाई संगै कञ्चनपुरको गड्डाचौकी नाका कडाई गरेपछि भारत जानेकोहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्र प्रयोग रोजाईमा परेको छ् । सुरक्षाकर्मीको आँखा छलेर दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट भारत पस्न थालेका छन् । उनीहरुलाई मुन्द्रे यातायात (रकम लिएर मोटरसाईकलबाट सवारी बोक्नेहरु) ले मोटो रकम लिएर महेन्द्रनगरबाट भारतको खटिमा सम्म पुगाउने जिम्मा लिने गरेको बताईएको छ । दोधारा चाँदनीको जताततै खुल्लै खुला सीमा बाटा भएका कारण मानव तस्करी रोक्न चुनौती रहेको माईती नेपालले जनाएको छ् । तस्करले नयाँ–नयाँ ट्रिक प्रयोग गर्दै मानव तस्करीका रुट परिर्वतन गरेर मानव ओसार पोसारमा संलग्न रहेकाले पहिचान गर्न मुस्किल परेको माईती नेपाल कञ्चनपुरका प्रमुख भट्टको भनाई रहेको छ् । जनचेतनाको कमी, मानव तस्करीमा अपनाईने नयाँ–नयाँ तरिका अपनाउदै देशमा बढ्दै गएको मानव तस्करीको जालोलाई तोड्नका लागी उचित र प्रभावकारी नियन्त्रणका उपायहरु कार्यान्वयनमा आउन नसक्दा मानव बेचबिखनका घटनामा बढोत्तरी भईरहेको बताईएको छ् ।


ताजा समाचार

spot_img