कञ्चनपुर

कञ्चनपुरको बैलौरी नगरपालिका श्रीपुर स्वाथ्य केन्द्रमा अढाई सयले कोरोना बिरुद्धको खोप लगाएका छन । दोस्रो चरणको खोप कार्यक्रम अन्र्तरगत बेलौरीको श्रीपुर स्वाथ्य केन्द्रमा २ सय ५३ जनाले खोप लगाएका हुन । पत्रकारदेखि जनप्रतिनिधीले खोप लगाएका छन ।

बेलौरी नगरपालिका कोडिभ नियन्त्रण संयोजक मान बहादुर चन्दले दोस्रो चरण अन्र्तरगत ६३ जना महिला, १९० पुरुषले खोप लगाएका छन । संयोजक चन्दका अनुसार निजामति १८, स्वास्थ्यकर्मी १८, सशस्त्र प्रहरी ३४, जनप्रतिनिधी ८६, संघ संस्थाका प्रतिनिधी ३३, जनपद प्रहरी १, न्याय ५, बैक तथा वित्तिय संघ संस्थामा कार्यरत कर्मचारी ५६, २ पत्रकारले खोप लगाएका छन । बेलौरी नगरपालिकाले गत बर्ष फागुनदेखि कोरोना रोकथामकै लागि सीमा क्षेत्रमा हेल्थ डेस्कसहितका कार्यक्रम संचालन गरेको थियो ।







