खानेपानिको काम तिव्र गतिमा


कञ्चनपुर

आम जनताको पहुचमा शुद्ध खानेपानि पुर्याउने लक्ष्यका साथ भीमदत्त नगरपालिका वडानम्वर ८ मा निर्माण भईरहेको खाने पानि आयोजनाको काम तिव्र रुपमा अघि बढिरहेको छ । विश्व महामारी कोभीड १९ का कारण थुप्रै विकास निर्माणका कमहरु थला परे पनी यसको प्रभाव कम भए संगै विकास निर्माणका कामहरुले समेत तिव्रता पाएका छन । वर्षौ देखी खानेपानीको पहुच बाट टाढा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडानम्वर ६, ८ र १० का १७३० घरधुरीका जनतालाई सहज रुपमा शुद्ध खानेपानी दिने लक्ष्यका साथ शूरु गरिएको सिद्धनाथ बैजनाथ खानेपानी आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ ।

बशियाली विकास वैंकको ७० प्रतिशत ऋण सहयोग , नगर विकास कोसको २५ प्रतिशत ऋण सहयोग तथा उपभोक्ता बाट ५ प्रतिशत बेहोर्ने गरि सम्झौता भएको उक्त आयोजनाको पाईपलाईन विस्तारको सम्पुर्ण कार्य सम्पन्न भईसकेको छ भने प्रशासनिक भवन र कमपाउण्ड वाल समेत निर्माण भईसकेको छ भने ओभर हेड ट्याङ्की निर्माणको काम तिव्र गतिमा बढीरहेको छ । आयोजनाको शुरुवातमा कुललागतको पाँच प्रतिशत धरौटी राख्नुपर्ने बाध्यताका कारण बजेट अभावमा काम रोकीने अवस्था आउदा भीमदत्त नगरपालिकाका नगर प्रमुखले आट गरेर काम सञ्चालन गर्न सहज भएको सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष करविर सिह ऐरीले बताउनुभयो ।

यस क्षेत्रमा खानेपानीको हाहाकार हुने भएकाले अवका दिनमा जनताका घरदैलोमा कसरी शुद्ध खानेपानीको पहुच पुुर्याउन सकिन्छ भन्ने योजनाका साथ सम्पुर्ण तयारी गरेर काम अघि बढीरहेको समेत समितिका अध्यक्ष्य करविर सिह ऐरीले जानकारी दिनुभयो । उक्त खानेपानि आयोजनाको पुुर्व खनेपानी मन्त्री विना मगरले शिलान्यास गर्नु भएको थियोे । साढे चार लाख लिटर क्षमताको ओभर हेड ट्याङ्की सहीतको खानेपानी योजना मुल्यअभिवृद्धी कर सहीत २० करोड ९४ लाख ४१ ह्जार ३०९ रुपैया मा लागतमा डेढ वर्ष भित्र खानेपानी वितरण गरि सक्ने गरी कालीका उच्चकोटी जेभि ले निर्माणको जिम्मा पाएको छ भने कोभिडको कारण ६ महिना म्याद थपका लागी निवेदन आएको छ ।


ताजा समाचार

spot_img