कञ्चनपुर
नागरिक समाज कञ्चनपुरले पछिल्ला दिनहरुमा महिलामाथि हुने जघन्य प्रकृतिका हिसाको भत्र्सना एव बिरोध गरेको छ । नागरिक समाज र संञ्जिवनी नेपालको आयोजनमा सोमबार महेन्द्रनगरमा सरोकारवाला निकायसंग भएको छलफलमा सहभागिले महिलामाथि भईरहेका जघन्य हिंसाको भत्र्सना गर्दै अब उपरान्त घटना न्यूनिरणमा जोडदिएका छन ।
बैतडीकी भागरथी भट्टको पनि निर्मलाको जस्तै अपराधी पत्ता लगाउने विषयमा सरकार चुक्न नहुने बताउदै उनीहरुले अब निर्मला, भागरथी जस्तो कुनैपनि बालिका, किशोरी र महिलाले नियती भोक्नु नपर्ने खालको वातावरण सृजना गर्न सरकारले उचित पहल कदम लिनुपर्नेमा जोडदिईएको छ ।

संञ्जिवनी नेपाल कञ्चनपुरकी संयोजक नितु भट्टले पछिल्ला दिनहरुमा महिलामाथि हिंसा र यौनजन्य घटना त्यो पनि विभत्स तरिकाले भईरहेका घटनाका दोषिलाई कार्बाहीको माग अघि सारिन् । नागरिक समाज कञ्चनपुरका अध्यक्ष नर बहादुर साउदले समाजमा भईरहेका अपराधिक कृपाकलाप र महिलामाथि भईरहेका जघन्य घटनामा नागरिक समाज एकजुट भएर आवाज उठाउँदै सरकारलाई घचघच्याउनुपर्नेमा जोडदिए । पुर्व शिक्षिका नारा जोशीले घर परिवारबाटै आफ्ना सन्तानको हेरचाहमा धारणा व्यक्त गर्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव बिमल खडायतले साझा उदेश्यका लागि अलग अलग अमुख नागरिक समाज बनाउन नहुने सुझाव दिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष किरण भट्टले हामीले आफ्नो हुँदा बचाउने र अरुको हुँदा आवाज उठाउने प्रवृतिले घटना मौलाएको बताए । पुर्व सेवानिव्रत अधिकृत गौराज बहादुर लिम्बुले सुदूरमा पछिल्ला दिनमा घटिरहेका घटनाले दुखित तुल्याएको बताए । समाजसेवि लिलाध्वज बस्नेतले आफुहरुकै पहलमा टेण्डरबाट कमिसन खाने र अस्पताल धारासायी बनाउने अध्यक्ष सहितका पदाधिकारी भन्दा यस पटक इमान्दारलाई अस्पतालको नेतृत्व लिएको बताए । नागरीक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बलात्कार तथा जघन्य घटनामा प्रहरीको लापरवाही हुदाँ दोषी उम्कने बताईन । महिला उद्यमी सरला खडकाले सचेतनामुलक कार्यक्रम जोडदिनुभयो । शिक्षक उत्तम विष्टले एकजुट भएर साझा उदेश्य प्राप्तीका लागि विभिन्न पार्टीमा विभत्त नहुने समाजको खाचो रहेको औल्याए । महिला अगुवा उर्मिला शाहीले विभिन्न नागरिक समाज समुह भएकाले नागरिक नै द्वविधामा पर्ने बताए । महिला हिंसा रोकथामका लागि सबैले आ–आफ्नो ठाँउबाट सकारात्मक भूमिमा निर्वाहमा जोडदिए ।







