‘दोधारा चाादनीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ५१ जना निजामती कर्मचारी, जना नेपाल प्रहरी, २४ जना बित्तिय संस्था, १ जना नेपाल बिद्युत प्राधिकरण, ३४ जना महिला स्वास्थ्य सेविका, २१ जना सशस्त्र प्रहरी, ७ जना पत्रकार, २७ जना निर्वाचित जनप्रतिनिधी, २ जना स्वास्थ्यकर्मी गरि जम्मा १ सय ६८ जनालाई (कोभिड–१९) रोग विरुद्ध खोप लगाईएको दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताएका छन्’

दोधारा

दोधारा चाँदनी नगरपालिकामा कोरोना विरुद्धको खोप दिईएको छ् । पहिलो चरणको पहिलो प्रथमिकतामा रहेका व्यक्तिहरुलाई खोप दिइसकेको छ् भने स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना (कोभिड–१९) रोग विरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता समुहका व्यक्तिहरुलाई खोप अन्तर्गत दोधारा चाँदनीका १ सय ६८ जनालाई कोरोना (कोभिड–१९) रोग विरुद्ध खोप लगाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।


आज एक कार्यक्रम बिच दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ५१ जना निजामती कर्मचारी, जना नेपाल प्रहरी, २४ जना बित्तिय संस्था, १ जना नेपाल बिद्युत प्राधिकरण, ३४ जना महिला स्वास्थ्य सेविका, २१ जना सशस्त्र प्रहरी, ७ जना पत्रकार, २७ जना निर्वाचित जनप्रतिनिधी, २ जना स्वास्थ्यकर्मी गरि जम्मा १ सय ६८ जनालाई (कोभिड–१९) रोग विरुद्ध खोप लगाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना विरुद्धको खोप लगाएर कार्यक्रमको सुभाराम्भ गरेका थिए ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले सरकारी कर्मचारी, पत्रकार, जनप्रतिनिधी, संघ, संस्थाका कर्मचारी (बैंक, विद्युत, दुरसंचार), तथा गैर सरकारी संघ, सस्थाका कर्मचारी सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना, जनपथ प्रहरी), छुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप लगाउने कार्यत्र संचालन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । २ गते देखि ५ गते सम्म विभिन्न लक्षित समुहलाई खोप दिईन सुरु गरिएको हो । कञ्चनपुर जिल्ला भरी ४ स्थान बाट खोप संचालन गरिएको हो ।

जसमा भीमदत्त नगर पालिका स्थित महाकाली अस्पताल, बेलौरी नगरपालिका स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोना (कोभिड–१९) रोग विरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता समुहका व्यक्तिहरुलाई खोप संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताएका छन् ।






