दलित समुदायको अधिकारका लागि आवाज बुलन्द गर्न समन्वय समिति गठन


कञ्चनपुर

दलित समुदायको हक अधिकारका लागि आवाज बुलन्द गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा दलित समन्वय समिति गठन गरिएको छ । शिवी लुहारको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ । गठित समितिले नगरपालिकामा समावेशी समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्ने छ ।

भूमि अधिकारबाट बञ्चित भूमिहीन दलित समुदायलाई जग्गा र आवासको पहुँचका लागि सहजीकरण गर्ने नव गठित समन्वय समितिका संयोजक लुहारले बताए । ‘नगरपालिकामा कर्मचारी भर्ना गर्दा दलित समुदायको पहुँच नपुरयाईने गरिएको पाईएकाले यस बारे चाडैं नगरपालिकमा ज्ञापन पत्र दिन्छौं’ उनले भने, ‘नगरपालिकाले समावेशीतालाई लागु नगर्दा सम्म संघर्षका कार्यक्रम समेत गर्छौ ।’

समन्वय समितिलाई राय सल्लाह दिनका लागि रन सिंह सुनारको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । नगर प्रमुख दिल बहादुर ऐर, कार्यपालिका सदस्य इश्वर सुनार लगायतको समन्वय समिति गठन कार्यक्रममा सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img