कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश लिग अन्तर्गत होम ग्राउन्डमा पहिलो खेल गुमाए संगै आज निसर्ग स्टार सिटी युवा क्लब धनगढीको सामना गर्ने दिपज्योती युवा क्लब हल्दुखाल कञ्चनपुरको फुटबल टिम धनगढी प्रस्थान भएको छ।

अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको महेन्द्रनगरमा उद्धघाटन भएको थियो भने आज धनगढी उपमहानगरपालिका वडा न.१२ स्थित रहेको मनकामना युवा क्लबको खेलमैदानमा लिगको अन्तिम खेल संगै प्रदेश लिग -२०७७ को एक कार्यक्रमका साथ समापन हुने छ।

दिपज्योती युवा क्लबले आफ्नो पहिलो खेल होम ग्राउन्डमा निसर्ग स्टार सिटी युवा क्लब संग ३–२ गोलको अन्तरले आफ्नो पहिलो खेल गुमाउन पुगेको हो। एन्फा अन्तर्गत आबद्ध रहेका कैलालीको जिल्ला च्याम्पीयन निसर्ग स्टार सिटी युवा क्लबले कञ्चनपुरको जिल्ला च्याम्पीयन दीपज्योती युवा क्लबलाई पहिलो खेलमा पराजित गरेको थियो।
कैलाली – कञ्चनपुरका २०७६ को जिल्ला लिग च्याम्पियन दुबै टोलीले आज शनिबार दोस्रो खेल जुगेडामा खेल्नेछन् । लिगको पहिलो खेलमा जित हात पारेको स्टार सिटीले अब दोस्रो खेलमा जित हात पारेमा बराबरी गरेमा सिधैं प्रेसिडेन्ट कपका लागि छनोट हुनेछ ।
दीपज्योतीलाई भने अगाडी बढ्न स्पष्ट जित सहित गोल अन्तरको आवश्यकता पर्नेछ । स्टार सिटीले अवे खेल जित्दा दीपज्योतीले होम खेल गुमाउन पुगेको थियो।
सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् ।
सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।






