ईलेक्ट्रोनिक गभरमेन्ट्स प्रोक्युरमेन्ट सिस्टम(ई.जि.पि) सम्बन्धी दुई दिने तालिम सम्पन्न

कञ्चनपुर

ईलेक्ट्रोनिक गभरमेन्ट्स प्रोक्युरमेन्ट सिस्टम(ई.जि.पि) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोग तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा कञ्चनपुर निर्माण व्यवसायी संघ कञ्चनपुरको व्यवस्थापनमा महेन्द्रनगरमा मंगलबारदेखि सुरु भएको दुई दिने तालिमको आज समापन भएको हो ।

निर्माण व्यवसायीहरुलाई अनलाईनमा टेण्डर दरखास्त गर्ने तरिका, लगायतका अन्य नयाँ टेक्नोलोजीकल विषयमा तालिम सिकाईएको नेपाल निर्माण व्यवसायी महासंघका कार्यालय प्रमुख प्रेम सिह ऐरले बताए । ‘सरकारले केहि बर्ष अगाडि टेण्डर हार्डकपि बुझ्ने गरेकोमा देशमा नयाँ टेक्नोलोजी आएसंगै अनलाईन टेण्डर बुझ्दै आएको छ तर धेरै निर्माण व्यबसायीहरु टेण्डर विड गर्न नजानेर टेण्डर हाल्नबाट बञ्चित भएका छन ।

त्यसकारण यो तालिमको आयोजना गरिएको हो ।’, कार्यलय प्रमुख ऐरले भने ‘उहाँहरुलाई अनलाईनमा टेण्डर दरखास्त गर्ने तरिका देखि लिएर नयाँ टेक्नोलोजीकल विषयमा तालिम दिएका छौ ।’ तालिममा कञ्चनपुरका जिल्लाका २७ जना निर्माण व्यवसायी तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तालिमले निर्माण व्यवसायीहरुलाई टेण्डर विड गर्न सजिलो हुने कञ्चनपुर निर्माण ब्यवसायी संघका अध्यक्ष प्रेम प्रकाश भट्टले बताए । नेपाल सरकारले २०७४ साउन १ गतेबाट ईजिपि सिस्टम लागु गरेको थियो । ईजिपि सिस्टम लागु गरेपछि टेण्डरमा हुने गुण्डागर्दी हटेर गएको छ । टेण्डर हाल्नकोलागि निर्माण व्यवसायीहरुमा स्वस्च्छ प्रतिस्पर्धा हुने गरेको छ ।

ताजा समाचार