दोधारा

सृजना बचत तथा ऋण सहकारी दोधारा चाँदनीको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ् । सृजना बचत तथा ऋण सहकारी दोधारा चाँदनीको आर्थिक वर्ष ०७७/०७८ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । सृजना बचत तथा ऋण सहकारी दोधारा चाँदनीले सञ्चालन गरेका कार्यहरुको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय व्यवस्थापनलाई सदृढिकरण, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल गरी संस्थाका कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउन एवम् आगामी दिनका लागी बिशेष कार्य योजना निर्माणका लागी संस्थाका सञ्चालक समिति, उपसमिती, सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीहरुको संयूक्त उपस्थितीमा अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको सृजना बचत तथा ऋण सहकारी दोधारा चाँदनीका अध्यक्ष दमन बहादुर सिंहले जानकारी दिएका छन् । गोष्ठिको उद्घघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले सृजना बचत तथा ऋण सहकारीले आर्थिक समृद्धिमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । दोधारा चाँदनी नगर क्षेत्रमा पहिलो नम्वरमा रहेको सृजना बचत तथा ऋण सहकारीले बिगतका दिनहरु देखि हाल सम्म समाजमा गतिलो उदाहरण बनेको बताएका छन् ।


दोधारा चाँदनी नगरपालिका कार्यालयले बिगतका दिनहरुमा सहयोग गर्दै आएको र हाल आउदा दिनहरुमा सृजना बचत तथा ऋण सहकारीलाई सघाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संस्थाका सचिव मथुरा पन्तले चालु आर्थिक वर्षमा ल्याईएका कार्यक्रम तथा नीतिगत प्रयासहरु कार्यान्वयन गर्नका लागी गोष्ठिको आयोजना गरिएको बताए । सचिव पन्तले संस्थाले आर्थिक वर्षका लागी तर्जुमा गरेका लक्ष्य तथा कार्य योजनाहरुलाई कार्यान्वयन गर्दै संस्थाको लक्ष्य तथा वित्तीय अवस्थालाई अझ धैरै मजबुत गराउनका लागी प्रभावकारी रुपमा कार्य गर्न सबैलाई आग्रह समेत गरेका छन् । सृजना बचत तथा ऋण सहकारीका अध्यक्ष दमन बहादुर सिंहको सभापतित्वमा संचालन भएको गोष्ठीका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए भने, अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्ट, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ५ का वडा सदस्य नरेन्द्र सिंह भण्डारी, बिरमा बुढा, अनिता औजी, दोधारा चाँदनी नगरपालिका कार्यालय पशु शाखाका प्रमुख कुष्ण सिंह साँउद, सृजना बचत तथा ऋण सहकारीका कर्मचारी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमको संचालन सृजना बचत तथा ऋण सहकारीका सचिव मथुरा पन्तले गरेका थिए भने, प्रगती प्रतिबेदन प्रस्तुत संस्थाका ब्यवस्थापक नैन सिंह ठगुन्नाले गरेका थिए । अर्धवार्षिक आर्थिक प्रतिबेदनमा जम्मा आम्दानी रु. २ करोड ३ लाख ९८ हजार ४२ रुपैया, कुल खर्च रु. १ करोड ८२ लाख २३ हजार ७ सय, ऋण लगानी रु. १ करोड ६२ लाख २३ हजार ९१, मुनाफा रु. २१ लाख ७८ हजार ३ सय १४ रहेको छ् । संस्थाका सेवा सुविधालाई गाँउगाँउ सम्म पुगी संचालन गर्दा भोग्नु परेको समस्या समेत कार्यक्रमा दर्शाइएको छ् । संस्थाको सेवा सुविधालाई थप प्रभावकारी रुपमा विस्तार गर्नका लागी चाल्नु पर्ने कदमहरुमा बारेमा छलफल भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले दोधारा चाँदनी क्षेत्रमै सृजना बचत तथा ऋण सहकारीले गरेको प्रगतीको प्रशंसा गर्दै संस्थाको विकास र विस्तारका लागी कर्मचारी र संचालक समितिहरु इमान्दार, मिहिनती एवम् संस्था प्रति सधै चिन्तनशील रहेको कारण यस क्षेत्रमा सहकारी मध्य सृजना बचत तथा ऋण सहकारी अब्बल रहेको बताएका छन् । कार्यक्रममा सहकारीलाई सघाउदै आएका ब्यक्तीत्वहरुलाई मायाको चिनोको साथै दोसल्लाह ओढाए सम्मान समेत गरिएको थियो ।







