दोधारा

दोधारा चाँदनीमा प्रहरीले अपराध नियन्त्रण गर्न बिद्यालय स्तरिय कार्यक्रम संचालन गरेको छ् । अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दोधारा चाँदनीका शिक्षक तथा बिद्यार्थी केन्द्रीत अभियान सुरु गरेको हो । अभियान अन्र्तगत दोधारा चाँदनीको वडा नं. ९ स्थित रहेको अम्बिका माध्यमिक बिद्यालय र जनज्याती माध्यमिक बिद्यालयमा शिक्षक तथा विद्यार्थी केन्द्रित ट्राफिक तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना अभियान संचालन गरेको छ् ।


सम्भावित दुर्घटना एवम् पछिल्लो समयमा किशोर–किशोरीहरु लागु औषध दुव्र्यसनी जस्ता गलत क्रियाकलापमा बढ्दो संलग्नतालाई न्युनिकरण गर्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीको सहयोगमा अभियान सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् । प्रहरी र समुदायको बिचको सुमधुर सम्बन्ध कायम गर्न समेत प्रहरी र बिद्यार्थी बिचको हातेमालो सहितको ट्राफिक तथा लागुऔषध नियन्त्रण सम्बन्धी दोधारा चाँदनीका बिद्यालयहरुमा सचेतना अभियान सुरु गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् । बढ्दो सड्क दुर्घटना न्युनिकरण गर्न तथा समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी मात्रको एक्लो प्रयास प्रभावकारी नहुने भएको हुदा समाजमा हुने हरेक गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी, नागरिक, विद्यार्थी र शिक्षकको पनि महत्वपूर्ण भुमिका हुने कार्यक्रममा प्रहरी निरिक्षक बमले बताए ।

लागु पदार्थ दुव्र्यसन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा समाजमा भयावह रुपमा रहेको युवाकाहरुमा विकसित हुदै गएको लागुऔषध दुव्र्यसनलाई न्युनिकरण गर्न यूवाहरुलाई सामाजिक, आर्थिक र राजनितीक रुपमा सुदृढ वनाउन सहभागी छात्र÷छात्राहरुले सुझाव दिएका छन् । सहभागी बिद्यार्थीहरुले यसको रोकथामका लागि अभिभावक, समाज, विद्यालय र प्रहरीको समन्वायत्मक भुमिका अपरिहार्य समेत रहेको वताए । त्यस्का लागी समुदाय देखि विद्यार्थी, शिक्षक, अभिभावक र युवाहरु संग प्रहरीको हातेमालो सचेतना अभियान शुरु गरेको प्रहरीको भनाई रहेको छ् । कार्यक्रममा युवाहरु लागु औषध दुव्र्यसनी जस्ता गलत क्रियाकलापमा बढ्दो संलग्नतालाई न्युनिकरण गर्न तथा सड्क दुर्घटना न्युनिकरण गर्न बिद्यालयमा अन्तक्रियात्मक प्रशिक्षण समेत गरिएको थियो ।
कार्यक्रममा सड्क दुर्घटनाका कारण, मापसे चेकजाँच, दुर्घटना नियन्त्रणका उपाय, विद्यार्थी, शिक्षक, अभिभावकको कर्तव्य लगाएतका बिषयमा प्रहरी निरिक्षक लाल बहादुर बमले प्रशिक्षण गरेका थिए । त्यसैगरी लागुऔषधका बेफाईदा, त्यसको असर, व्यक्ति, समाज र भविष्यमा पार्ने असर, रोकथामका लागि गर्न सकिने प्रयास, कसको के भुमिका, समुदायमा हुने हरेक खाले अपराधिक घटनामा विद्यार्थी, शिक्षक, अभिभावकको भुमिका लगाएतका बिषयमा बिद्यार्थी तथा शिक्षकलाई प्रशिक्षण गरिएको जनज्याती माध्यमिक बिद्यालय दोधारा चाँदनीका प्रअ श्रीनाथ बरालले जनाएका छन् । सचेतना कार्यक्रममा सम्भावित अपराधिक घटना न्युनिकरण गर्न तथा गाउघरहरुमा हुने चोरी डकैती, लुटपाट, लागुऔषध दुव्र्यसनी, बाल तथा महिला हिंसा, झै—झगडा र मादक पदार्थ सेवन जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपले नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको अभियान सहयोगी बन्ने प्रधानध्यापक बरालको भनाई रहेको छ् ।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले दोधारा चाँदनीका सबै बिद्यालयमा सचेतना अभियान संञ्चालन गर्ने योजना रहेको बताएका छन् । अभियानले बढ्दो विकृति न्युनिकरण गरी समाज विकासका लागी सहयोगी हुने प्रहरीको विश्वास छ् । दोधारा चाँदनीमा लागु औषध दुव्र्यशनी, अवैध घरेलु मदिरा, जुवातास, सवारी दुर्घटना र अवैध यौन क्रियाकलाप थप न्युनिकरण गर्न बिद्यालय संगको सहकार्यमा अभियान सुरु गरिएको प्रहरी श्रोतको भनाई रहेको छ् ।






